Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा होः अर्थमन्त्री पौडेल

 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा भएको बताएका छन्।

शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए। उनले यसका असरहरू आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रुपमा देखिँदै आएको बताए।

उनले जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयासहरू गर्नुपर्ने बताए। उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भुमिका नगण्य रहेको बताए।

नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताए। आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकूल प्रभाव पारेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउनसक्ने चुनौतीलाई सामना गर्नेगरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको टिप्पणी गरे।

जलवायु परिवर्तनले नेपालको प्रचुर सम्भावना भएको स्वच्छ उर्जाको उत्पादन, विकास एवं अन्तरक्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्युनिकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग महत्वपूर्ण रहेको बताए।

व्यापार संवद्ध पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरी उत्थानशिल बनाउनेतर्फ थप क्रियाशिलता अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताए। जलवायुमैत्री विकास प्रक्रियामा थप प्रभावकारी प्रयास आवश्यक रहेको बताए।

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुमपा रहेको दक्षिण एशिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौति खडा गरेको बताए।

दक्षिण एशिया क्षेत्र भौगोलिक, आर्थिक एवं सामाजिक असमानताका हिसावले विविधतापूर्ण रहेको र जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनी रहेको अवस्थामा जलवायु परिवर्तनको प्रभावले झनै ठूलो आर्थिक एवं सामाजिक विषमता सिर्जना गर्नसक्नेतर्फ सबै सजग हुनुपर्ने बताए।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP