Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

नेपाली उत्पादन विश्वबजारमा पुर्‍याउन ‘मेरो देश, मेरो उत्पादन’ अभियान : उद्योगमन्त्री भण्डारी

 

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उत्पादन विश्व बजारमा पुर्‍याउन ‘मेरो देश, मेरो उत्पादन’ नारालाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइने बताएका छन्।

उनले यसका लागि सरकारले नेपाल वस्तु उत्पादन उद्योगमा प्रक्रियागत रूपमा रहेका जटिलता समाधान गर्ने पक्षमा रहेको बताएका हुन्।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधारणसभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन्।

उनले सरकारले नेपाली उत्पादन प्रोत्साहनका लागि ‘मेरो देश मेरो उत्पादन’ नारालाई अभियानको साथमा लैजाने बताए। उनले यसबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेको पनि बताए। उनले त्यसका लागि सरकारले निर्देशक समिति बनाउने तयारी गरिरहेको बताए।

उनले सरकारले अबको एक हप्ताभित्र प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई राखेर विशेष अभियान घोषणा गर्ने बताए। उनले जुत्ता चप्पलको निर्यात गर्ने वातावरण सरकारले बनाउने बताए। उनले विभिन्न मुलुकमा नेपाली उत्पादन निर्यात भइरहेको बताए।

उनले नीतिगत सुधारको आवश्यकता लगायतका थुप्रै ऐन संशोधनको प्रक्रियामा अबको संसद्को अधिवेशन एउटा कानूनमा केन्द्रित भएर नीतिगत सुधार गर्ने प्रयास सरकारले गरेको बताए।
मन्त्री भण्डारीले भने‚ ‘एक हप्ताभित्र प्रधानमन्त्रीज्यूलाई राखेर विशेष अभियानका साथ ‘मेरो देश मेरो उत्पादन’लाई राष्ट्रिय अभियानका रूपमा लैजान्छौँ। नेपाली उत्पादनको बजार विस्तार गर्नसक्छौँ।’

उनले सरकारले चोरी पैठारी रोक्न विशेष प्राथमिकताका साथ काम गरिरहेको बताए। उनले चोरी पैठारीबाट भइरहेका राजस्व छली रोक्न वाणिज्य विभागले आवश्यक योजना बनाएर अनुगमन गर्ने तयारी गरिरहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP