Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

गुणस्तरीय सेवा प्रवाह र सुशासनका लागि अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल

 

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न अध्यादेश ल्याइएको दावी गरेका छन्।

बिहीवार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताए।

उनले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेको बताए।

उनले समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको बताए।

उनले अहिलेको सरकारले कुनै औसत काम गरेर एउटा सरकारको सूचीमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको बताए।

उनले अर्थतन्त्रका समस्याहरुको प्रभावकारी समाधान गर्ने पक्षमा सरकार रहेको बताए। आन्तरिक र वाह्य लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न अध्यादेश ल्याइएको दावी गरे।

‘हाम्रो मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको छ। हामीले अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेका छौँ‚’ उनले भने‚ ‘साँच्चै नै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, चलायमान बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा हामी तीव्र गतिमा अघि बढ्न चाहन्छौँ। छोटो अवधिमा दूरगामी महत्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौँ। हामीले यसबीच २९ वटा ऐनहरुमा अध्यादेशका माध्यमबाट संशोधन गरेका छौँ। खासगरी अध्यादेशबाट गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न चाहेका छौँ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP