Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

हर्क साम्पाङले अख्तियारलाई पठाए हासो ठट्टाको जवाफ

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियारले आफूलाई सोधेको चिठीप्रति हासो ठट्टाको शैलीमा जवाफ दिएका छन्। उनले अख्तियारलाई लेखेको पत्रमा बोलीचालीका अनौपचारिक प्रकारका शब्दशैली तथा भाषाको प्रयोग गरिएको छ।

मेयर हर्कले श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। त्यसै उजुरीको आधारमा अख्तियारले उनलाई माघ २ गते सोधपुछको पत्र पठाएको थियो।

मेयर हर्कले प्रतिउत्तरमा पठाइएको पत्रमा लेखिएको छ, …बिहान उठ्नेबित्तिकै ट्वाइलेट जानुपर्छ। ट्वाइलेटमा पानी छैन भने के हुन्छ? त्यो भनिरहन पर्दैन होला। केही छिनपछि भात पकाउन परो। भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुठ्नु परो। त्यसका लागि नि पानी चाहिन्छ। जुठो भाँडा लडाइराख्न मिलेन। धुनै परो। त्यसका लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा भएन धुनै परो। लुगा धुन नि पानी नभई नहुने। स्वास्थ रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्लुएचओले। नुहाउनलाई नि पानी चाहियो। यसो करेसाबारी र बगैंचातिर नि पानी चाहिने नै भो। फेरि सुँगुर चौपायालाई पिन पानी नखुवाई नहुने। त्यसो भएको खुनाले धरानवासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नैपरो मैले, इन फ्याक्ट हाम्ले।’

पत्रमा प्रष्टसाथ भनिएको छ, ‘त्यसैले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै‘ घुमाउँदै घुमाउँदै ‘ घुमाउँदै घुमाउँदै ‘।। घुमाउँदै घुमाउँदै लड्दै र पड्दै‘ तान्यो ‘ तान्यो‘ एक्छिन है ‘ बिस्तारै सुल्काउँ है ‘ भन्दै‘ ओहोइ …बिजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं।’

मेयर हर्कले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय रहेको र यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने जिकिर गरेका छन्। पानीका लागि आफूहरूले जस्तोसुकै श्रमदान गरेको तथा अझै गर्न सक्ने पनि उनले पत्रमा लेखेका छन्। त्यस्तै, उनले आफू खानेपानीको समस्या लिएर केन्द्र सरकारसँग पानी माग्‍न रित्तो गाग्रीसमेत बोकेर सिंहदरबार पुगेको पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP