काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनदिनै सरकार ढल्छ भनेर केही व्यक्तिहरुले हल्ला मच्चाउने गरेका तर सरकार ढाल्ने म्याद भने निरन्तर पछि सारिरहेको व्यंग्य गरेका छन्।
मंगलवार संसद भवनस्थित ल्होत्से हलमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो व्यंग्य गरेका हुन्। उनले ०८४ को मंसिरमा सरकार परिवर्तन हुने उनले व्यंग्य गरे। निर्वाचनको परिणाम आएपछि सरकार आफैँ परिवर्तन हुने उनले बताए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेकाले नेपाल श्रीलंका वा बंगलादेश नबन्ने दावी पनि गरेका छन्।
उनले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेकाले नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रियाबाहेकका गतिविधि स्वीकार्य नरहेको चेतावनीसमेत दिए।
उनले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य रहेको बताए। लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधिबाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको उनको भनाइ थियो।
‘वास्तवमा भन्ने हो भने राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ। राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक सिस्टममा, शान्तिपूर्ण राजनीतिको मूलधारमा, संवैधानिक राजनीतिको मूलधारमा, लोकतान्त्रिक प्रणालीको मूलधारमा अगाडि बढेको छ‚’ उनले भने, ‘सबै ठाउँमा एउटै कुरा हुन्छ भन्ने हुँदैन। नेपालमा लोकतान्त्रिक अभ्यास, संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ। लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधिबाहेक अरु प्रकारका गतिविधि, अराजकताका कुनै प्रकारका बाटाबाट परिवर्तनको अपेक्षा सम्भव छैन।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया