Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ : महेश बर्तौला

 

काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन्।

मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले बैठकले संसद् सञ्चालनको मिति हेरफेर गरेको बताए। उनले अहिलेको सरकारले संसद्लाई बिजनेस दिने र संसद्‌बाट कानून बनाउने कुरामा तीव्रता दिने बताए।

संसद्लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभाविक रहेको उनको कथन थियो।

बर्तौलाले भने‚ ‘संसद्को बैठकका मिति हेरफेर गरिएका छन्। कार्यसूची त लगभग त्यही नै भयो। २४ गते अध्यादेशहरू संसद्‌मा पेश हुनेछन्। २५ पनि बैठक हुनेछ। २७,२८,२९ गते बैठक हुनेछ। संसद्लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ। संसद र संसदीय समितिमा सत्ता पक्ष महत्त्वपूर्ण हुन्छ‚ बढी जवाफदेही भूमिका निर्वाह गर्नुपर्छ।’

प्रमुख सचेतक बर्तौलाले संसद् र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP