काठमाडौँ : नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम छरेको बताएका छन्।
मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारे।
बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए।
सोही कुराको खण्डन गर्दै उनले आफूले बैठकमा संसद्मा पेश भएका विधेयकहरूलाई कानूनको रूप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैलाइएको बताए। उनले कानून निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने बताए।
प्रमुख सचेतक घिमिरेले भने, ‘संसद्को सबैभन्दा ठूलो दलले अध्यादेशबाट सरकार चलाइन्छ भन्ने कुरा भन्नुभयो भन्ने सुनेँ। हाम्रो कानून निर्माण गर्ने प्रक्रिया संसद्मा असाध्यै धिमा गतिमा भयो। हामीले दुई वर्षको अवधिमा जम्मा बजेटसँग सम्बन्धित कानून बाहेक ११ वटा कानून निर्माण गरेछौँ। कानून बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्यो। हामीले कानून बनाउने प्रक्रियालाई गति दिनुर्यो भनेलाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर बोल्नुभयो।’
उनले कुनैपनि विधेयक संसद्मा पेश भएको कति दिनभित्रमा कानूनको आकार ग्रहण गर्ने हो ? भन्ने कुराको निश्चितता र समयसीमा हुनुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया