Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

‘नो केबलकार’ पक्षको बन्दले कोशीको जनजीवन प्रभावित

 

विराटनगर : ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार निर्माण खारेजीको माग गर्दै अरुणपूर्व ९ जिल्ला बन्दको कारण जनजीवन प्रभावित बनेको छ।

केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षणसमिति साथै विभिन्न संघ, संस्था र राजनीतिक दलहरूको आह्वानमा भएको बन्दका कारण जनजीवन प्रभावित बनेको हो।

उनीहरूले काफ्लेपाटीमा राखिएको सशस्त्र प्रहरी र प्रहरी फिर्ता गर्नुपर्ने, गोली लागेका घाइतेको आजीवन निर्वाहको व्यवस्थापन गरिनुपर्ने मागसहित माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको हो। २१ गतेसम्म यी माग पूरा नभए २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहडताल घोषणा गरेका छन्।

माघ १० गते ताप्लेजुङमा केबलकार निर्माणको विरोधमा उत्रिएकामध्ये ४ जनालाई प्रहरीको गोली लागेर घाइते भएका थिए। प्रहरीले गोली चलाएपछि आन्दोलनले थप नयाँ रूप लिएको हो।

बन्दको प्रभाव तराई क्षेत्रभन्दा पनि पहाडी क्षेत्रमा परेको प्रदेश प्रहरी कार्यालय विराटनगरका डीएसी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। पहाड भए पनि संखुवासभामा भने १० प्रतिशत मात्रै बन्दको प्रभाव परेको उनको भनाइ छ।

तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा ९५ प्रतिशतले बन्दको प्रभाव परेको छ। सुनसरीमा २५ प्रतिशत बन्दको प्रभाव पर्दा मोरङ १० प्रतिशतले मात्रै बन्दको प्रभाव परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार धरानबाट ५ जना र दमकबाट ३ जना बन्दकर्तालाई पक्राउ गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP