काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। एमालेको आखिर मुख्य प्रतिद्वन्दी कांग्रेस भए पनि कांग्रेसकै बुई चढेर हिँडिरहेको बताए। उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताए। उनले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको बताए। उनले समाजवाद प्राप्तिको एउटा आधारशिला नेकपा (एकीकृत समाजवादी) ले तयार गर्नुपर्ने बताए।
उनले भने, ‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त। एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो ? काँग्रेस नै हो। तर काँग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ। हिजो माओवादीले पनि त्यही गर्यो। हामी पनि त्यसैतिर लागिरहेका छौँ। अब त हामीले सिक्यौँ की जस्तो लागेको छ। अब त्यो खालका गतिविधि हामलिे हामीले वास्तवमा क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ।’
पूर्वप्रधानमन्त्री खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अफ्ठ्यारो हुने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया