Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

वर्तमान सरकार समस्या समाधान गर्न बनेको हो, कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री

 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशका समस्या समाधान गरी देशलाई अगाडि बढाउन बनेकाले कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

मंगलवार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। उनले नेपाली काँग्रेस-नेकपा एमाले मिलेर बनेको वर्तमान सरकारले देशलाई अगाडि बढाउन बनेको जिकिर गरे।

उनले अस्थिरता र दाउपेचको स्थिति वर्तमान सरकारले अन्त्य गरेको बताए। प्रधानमन्त्री ओलीले सरकार ढलिहाल्छ भन्दै टिप्पणी गर्नेहरू पनि थाकेको बताए। उनले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म अघि बढ्ने र निर्वाचनपछि पनि निर्वाचनको परिणाम हेरेर विचार गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘समस्या समाधान गरेर देशलाई अगाडि बढाउन यो समीकरण बनाइएको हो। अस्थिरता र दाउपेचको स्थिति अन्त्य गर्न यो समीकरण बनाइएको हो। दुईवटा पार्टीले संकल्प गरेका छन्। हामी चुनावसम्म सँगै जान्छौँ। चुनावलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउँछौँ। त्यसपछिको परिस्थिति कस्तो बन्छ, विचार गरौँला। यो सरकार ढल्ने त कुरा छोडिदिनुस्, हल्लिँदा पनि हल्लिँदैन।’

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको विकासका लागि संघीय सरकारसँगै काम गर्न तयार रहेको बताए।थाहाखबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP