काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रवार सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई अझ व्यवस्थित गर्न निर्देशन दिएकी छन्।
वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने नेपाल-चीन व्यापारिक नाकाका रुपमा रहेको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले यस्तो निर्देशन दिएकी हुन्।
यसका लागि सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा राणाले बताइन्। पर्यटन प्रवर्द्धनका हिसाबले पनि उक्त नाका महत्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवरका लागि सहज हुने भएकाले तातोपानी नाका थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो।
मन्त्री डा राणाले अन्तरराष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकको पनि स्तरोन्नति गर्न सरकारले आवश्यक पहल गर्ने बताइन्।
यसबारे उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरुसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि लिएकी छन्।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया