Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

‘शिक्षा र स्वास्थ्य : प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम’

 

काठमाडौँ : वागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम भएको बताएका छन्।

नेपाल औषधि व्यवसायी संघ ललितपुर शाखाको चौथो तथा पाँचौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सङ्घीय सरकारले प्रदेश सरकारलाई आवश्यक कानून बनाएर नदिँदा जनतासामु प्रदेश सरकारको उपस्थिति कमजोर देखिएको बताए।

उनले सङ्घीय सरकारले ऐन नबनाएसम्म प्रदेशहरूले ऐन बनाएर कार्यान्वयन गर्ने अवस्था नरहेको स्पष्ट पारे।

चित्रकारले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्र जनतालाई प्रदेश सरकारको उपस्थिति देखाउने क्षेत्र हो तर अहिले पनि हामी प्रदेश सरकार आवश्यक छ र ? भन्छौँ। प्रदेश सरकार कहाँ छ र भन्छौँ। यसकाको कारण सङ्घीय सरकारले प्रदेश सरकारलाई संविधानले दिएको अधिकारबमोजिम कानुन बनाएर नदिनु हो।’

प्रदेशसभा सदस्य चित्रकारले विभिन्न पेशा देखिएका समस्या समाधान गर्न प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताए। उनले एकले अर्कोलाई आलोचना गरेर भन्दा समन्वय गरेर समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको लागत मूल्य घटाउन लागिपरेको बताए। उनले कुनै कुनै औषधिमा खुद्रा विक्रेताले एक सय १५० प्रतिशतसम्म मार्क अप लिएको बताउँदै यो उचित नभएको जिकिर गरे।

महानिर्देशक ढकालले सुधारात्मक कुरामा सहयोग आवश्यक भएको भन्दै सबैको फाइदाका लागि कुरा उठाइएको बताए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP