Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन : गगन थापा

 

पोखरा : कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार खर्चिलो भएर थेग्न नसक्ने बताएका छन्।

अहिले यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन बताउँदै उनले संख्या घटाउनुपर्ने बताएका हुन्।संघ, प्रदेश र स्थानीय तिनै तहमा जनप्रतिनिधिको संख्या घटाउनुपर्ने थापाको भनाइ थियो।

कास्की अन्नपूर्णमा शहीद कृष्णबहादुर गुरुङको स्मृति सभालाई सम्बोधन गर्दै थापाले खर्च कम गर्नका लागि संविधान सच्याउनुपर्ने बताए।

थापाले संघले प्रदेशको अधिकार, प्रदेशले स्थानीय तहको अधिकार खोसेर नहुने उनको भनाइ थियो। संघले जे कुरामा हात हाल्ने हो त्यसमा मात्र हात हाल्नुपर्ने बताउँदै संघले चाहिनेभन्दा बढी प्रदेशमा हात हालेको उनको जिकिर थियो।

१० वर्ष माओवादी सशत्र संघर्ष, त्यसपछिको १० वर्ष शान्ति प्रक्रियापछिको संक्रमणकाल र ७० देखि ८० को दश वर्ष संविधान जारी गर्ने र चुनाव गराउनेमा बितेको थापाले बताए। ८० देखि ९० को दशकको अबको ८ वर्ष अरु कुरामा खेरा फाल्न नहुने थापाको भनाइ थियो।

अलिकतिमात्रै सम्हाल्ने हो भने अबको १० वर्षभित्रमा चमत्कार गरेकोजस्तो विकास गर्न सकिने थापाको भनाइ छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP