Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सत्ता गठबन्धनको बैठकमा के–के भयो ?

 

काठमाडौं : सत्ता गठबन्धनको बैठकमा आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा विभिन्न सुझावहरू आएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘विभिन्न सुझावहरू आएका छन्’, बैठकपछि उनले भने, ‘अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक खर्चलाई निर्ममतापूर्वक कटौती गर्ने, सरकारको कार्य दक्षतालाई बढाउने, सुशासनलाई प्रभावकारी बनाउने कुराहरू, बाह्य सम्बन्धलाई सुदृढ गर्ने कुरा, बसाइँसराइलाई रोक्न पहाड केन्द्रित रोजगारीका कार्यक्रमहरू अघि बढाउने सुझावहरू आएका छन्। समग्रमा विगतका भन्दा ब्रेक थ्रु हुने खालको बजेट आओस् भन्ने छ।’

बैठकले आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको निष्कर्ष निकालेको पनि नेता ज्ञवालीले बताए। उनले आज दिनभरीमा सरकार र शिक्षकहरूबीच सहमति हुने विश्वास समेत व्यक्त गरे।

‘सरकारले उहाँहरूको मागलाई खेलाँची गरेको छैन। सुरुदेखि नै वार्तामा बोलाएको हो। विभिन्न कारणले आउन सक्नुभएन। निवर्तमान शिक्षामन्त्रीले पनि धेरै प्रयत्न गर्नुभएको थियो। विधेयक समितिमा छ। उहाँहरूले विधेयक नलि जान्न भन्ने खालको कुरा गरेपछि ढिला भएको हो’, उनले भने, ‘तर जे भए पनि त्यो कुरा कोट्याउनुभन्दा सकारात्मक ढंगले टुंगिने विषय अघि बढेको छ। भोलिदेखि शिक्षकहरू कक्षाकोठामा फर्किन कुरामा म चाहिँ आशावादी छु।’

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP