Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

सोमबार बस्नुपर्ने नियमित बैठक भने यो हप्ता बस्न सकेन। बैठकमा सचिव बढुवादेखि गभर्नर सिफारिस समिति पुनर्गठनसम्मका एजेन्डा रहेको बताइएको छ। सचिव विनोदप्रकाश सिंह र गणेश पाण्डेले अनिवार्य अवकाश पाएपछि रिक्त रहेका सचिवका दुई पदमा बढुवाको तयारी सरकारको छ।

त्यस्तै, गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि नयाँ सदस्य थप्न लागिएको छ। पौडेल आफैं गभर्नर बन्न राजीनामा दिएका हुन्। उनीविरुद्ध सर्वोच्चमा रिट परेको छ।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP