Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

रास्वपामा संसदीय दलको नेता फेर्न माग

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संसदीय दलको नेता फेर्न माग गरिएको छ। नेता यज्ञमणि न्यौपानेले पार्टी सभापति एवं दलका नेता रवि लामिछाने तत्काल जेलबाट नछुट्ने अवस्थामा दलको अर्को नेता चयन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

मुख्य पदहरू रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसकिने भन्दै न्यौपानेले महाधिवेशनसम्मका लागि पद पूर्ति गर्न माग गरेका हुन् । पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले रिक्त रहेको महामन्त्री, सहमहामन्त्रीका साथै केन्द्रीय सदस्य पदहरूको पनि पूर्ति गर्न भनेका छन् ।

पार्टीको शुभेच्छुक संस्था स्वतन्त्र कानुन व्यवसायी संघका अध्यक्षसमेत रहेका न्यौपानेले पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि जनमत संग्रहको माग राख्नुपर्ने उल्लेख गरेका छन् ।

नेता न्यौपानेको सुझावहरू:–

संगठित रूप

१‍. रिक्त पार्टी उपसभापति ,महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य( सम्पूर्ण जातजाति लिङ्ग समुदायबाट प्रतिनिधित्व हुने गरी महाअधिवेशन सम्मका लागि तत्काल पूर्ति गर्ने।

२. शुभेच्छुक संगठन सबै निकायमा अविलम्ब गर्ने र ती शुभेच्छुक संगठनहरू भातृ संगठनको रुपमा नरही स्वेत्त प्रकृतिका रहने

३. संसदीय दलको नेता चयन गर्ने

४. सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने

५. २०७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउने ।

सैद्धान्तिक रूप

१. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग संसद तथा सरकारमा राख्ने र जनमत संग्रह माग गर्ने जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्ने।

२. वैकल्पिक राजनीतिक दलहरू र नयाँ राजनैतिक दल र वैकल्पिक राजनीतिक सोच भएका सम्पूर्ण शक्तिहरूसँग गोलमेच सम्मेलन गरी साझा एजेन्डा तय गर्ने र जनआन्दोलन भाग ३ को घोषणा गर्ने ।

३. विदेशमा रहेका नेपालीलाई राजदूतावास मार्फत मतदान गर्ने अधिकारको लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्ने , र पास गराउन सडक आन्दोलन गर्ने, सामाजिक सञ्जाल आन्दोलनको समेत घोषणा गर्ने ।

४. देशका विविध विषयमा ज्ञान भएका विज्ञहरुलाई राखी खुल्ला विचार गोष्ठी आयोजना गरी प्राप्त सुझाव अनुसार पार्टीले लिने सैद्धान्तिक दृष्टिकोण तय गर्ने।

५. भारत ,चीन ,अमेरिका , युरोपियन युनियन भित्रका देशहरू लगायतका शक्ति राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध कायम गर्न छायाँ राजदूतको रुपमा प्रतिनिधित्व तोकी सम्बन्ध विस्तार गर्ने।थाहा खबर  

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP