Trending
flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ४ सय नाघ्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ४ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ४ सय २३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पछिल्लो २४ घन्टामा थप २ सय ५३ जना कोरोना सङ्क्रमित निको भएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप २ सय ५३ जना कोरोना सङ्क्रमित निको भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको बताउनुभयो । उहाँले हालसम्म नेपालका विभिन्न स्थानमा गरि ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेको पनि जानकारी दिनुभयो ।

यस्तै हालसम्म नेपालका विभिन्न स्थानमा क्वारेन्टाइनमा २५ हजार ४० जना रहेका छन् । पछिल्लो २४ घन्टामा ४ हजार ६ सय ९६ वटा पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । पछिल्लो २४ घन्टामा भने कसैको पनि कोरोना सङ्क्रमका कारण मृत्यु भएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP