Trending
राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु राजनीति जलवायु परिवर्तन : प्रवासी चराको बसाइँसराइ प्रभावित बन्दै राजनीति सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् राजनीति परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता राजनीति पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता समाज नेपालको तेस्रो ‘एनडीसी’ : कार्यान्वयनमा सर्वपक्षीय अपनत्व आवश्यक

बकर इदमा सार्वजनिक विदा दिएको प्रदेश सरकारले जनै पूर्णीमामा विदा दिएन

File photo

विहीबार परेको जनैपूर्णिमा तथा ऋषितर्पणी पर्वको अवसरमा प्रदेश सरकारले विदा दिएको छैन् । आज भन्दा चार दिन अगाडी मुस्लिम समुदायको बकर ईदमा सार्वजनिक विदा दिएको प्रदेश सरकारले हिन्दुहरुको महत्वपूर्ण पर्वमा विदा नदिएको हो । प्रदेश सरकारले जनै पूर्णीमामा सार्वजनिक विदा नदिए पछि चौतर्फि आलोचना भएको छ । यद्यपि प्रदेश नं। २ सरकारले भने आज सार्वजनिक विदा दिएको छ ।

यता प्रदेश सरकारले विदा नदिए पनि प्रदेशका कतिपय स्थानीय तहले विहीबार विदा दिएका छन् । जसमा गुल्मी, दाङ र अर्घाखाँची रहेका छन् । यी तीन जिल्लाका कतिपय स्थानीय तहमा आज विदा दिइएको छ । प्राप्त समाचार अनुसार गुल्मीका ५ वटा स्थानीय तहले रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लामा रहेका २ नगरसहित १० वटा गाउँपालिकामध्ये ५ गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर बिदा दिने निर्णय गरेका हुन् ।
बिहीबार साउन ३० गते परेको रक्षा बन्धनको अवसरमा रुरु गाउँपालिका, सत्यवति गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरवार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । गाउँपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाका अन्य स्थानीय तहले भने बिदा दिएका छैनन् ।

File photo

यता जनैपूर्णिमाको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा बिदा दिइने भएको छ । हिन्दुहरूको महत्त्वपूर्ण चाडका रूपमा रहेकाले सरकारले बिदा कटौती गरे पनि स्थानीय बिदा समायोजन हुने गरी बिदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले बताए ।

संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा बिदा दिइएको जानकारी गराए । ’विद्यार्थीको मागलाई ध्यानमा राखेर हामीले स्थानीय आवश्यकताको बोध गर्दै बिदा दिएका हौँ’ संयोजक विकले भने । शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा बिदा दिँदै आएको छ ।

उता अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले स्थानीय सरकारको अधिकार कार्यन्वयन गर्दै रक्षाबन्धनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दूहरुको महान पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो ।

त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिकाले पनि बिहीबार जनैपूर्णिमाका दिन बिदा दिने निर्णय गरेको अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP