Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

बढी सङ्क्रमित भएका जिल्लामा आजदेखि जोर-बिजोर प्रणाली, राति हिँडडुलमा रोक

काठमाण्डौ – कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकासहितका जिल्लामा आजदेखि गाडीमा जोर-बिजोर प्रणाली लागू गरेको छ ।

दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा जोर-बिजोर लागू गरिएको हो । आज जोर गते भएकाले जोर नम्बरका गाडी मात्रै चलाउन पाइनेछ । 

दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा राति ९ देखि बिहान ६ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ । गृह मन्त्रालयकाअनुसार अत्यावश्यक सेवा तथा ढुवानीका गाडीलाई भने जोर–बिजोर प्रणाली लागू हुने छैन ।

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन तथा मास्क नलगाउनेलाई जरिवाना गर्न पनि गृहले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने कम्पनीहरूलाई समेत कारबाही गर्न निर्देशन दिइएको छ । होटेलमा भोज हुन थालेपछि त्यसमा पनि कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ । भारतमा सङ्क्रमण बढेकाले सीमामा पनि अवैध आवातजावत रोक्न मन्त्रालयले भनेको छ ।

यस्तै सङ्क्रमण बढेका जिल्लामा निषेधाज्ञा जारी हुन थालेको छ । १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

पर्सा, बारा, बाँके, सर्लाही, सप्तरी र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलामा संक्रमण देखिएका क्षेत्रमा मात्र निषेधाज्ञा छ । 

नुवाकोट विदुर नगरपालिकाका विभिन्न क्षेत्र, धनुषाको जनकपुर उपमहानगर र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्र, मोरङको विराटनगर महानगर, महोत्तरी सदरमुकाम जलेश्वर आसपास, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका, बझाङका थलारा गाउँपालिका–५ र केदारस्युँ गाउँपालिका–६ र ७ मा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP