Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

कृष्णनगर बजार सडकमा नै व्यापार ।।


मनिष गुप्ता
कृष्णनगर, असोज २८

भारतसिमासंग जोडिएको कपिलवस्तु जिल्लाको व्यापारिक केन्द्र मानिने कृष्णनगर बजार साघुरिदै गएको छ । भारत सिमा बढनी बजार संग जोडिएको यो बजार जिल्लाको व्यस्त बजार पनि हो । बजारका व्यापारीले मनपरि सडक नै कब्जा गदै आफ्नो मालसामान सडकमै राखेर बेच्न लागेपछि बजार भित्रको सडक सानो हुदै गएको छ ।
व्यापारिले सडक पेटिमा नै सामान राखेर बेच्न थालेपछि बजार आवात जावत गर्न समस्या हुने गरेको छ । विभिन्न जिल्लाबाट मालसामान खरिद गर्नका लागी दैनिक हजारौंको संख्यामा कृष्णनगर बजारमा आवतजावत रहे पनि बजारको सडक चौडा नहुदाँ किनमेल गर्न आउने ग्रहकलाई समस्या भएको छ ।
कृष्णनगर बजारका व्यापारीले मनलाग्दी सडक नै कब्जा गर्ने गरी आफ्नो पसल अगाडी मालसामान विक्रिका लागी राखिदिदाँ पैदल हिड्नेलाई समस्य त छदै छ साना सवारीहरुलाई पनि आवतजावतमा समस्या हुने गरेको स्थानीय राम सेवक कुर्मीले बताए । “सडक त खुल्ला हुनु पर्ने हो तर यहाँका व्यापारीले सडक नै कब्जा गरी मालसामान राखिदिदाँ धेरैलाई समस्या हुने गरेको छ ।” “मोटरसाइकल सम्म गुडाउन गाहो छ, पैदल हिड्नेहरुका लागी सडक पेटि हो तर सडक पेटि त यहाँ देख्न नै पाइदैन” दाङबाट सामान किन्न आएका अमर वलीले भने ।
बजारको सडक व्यवस्थापन गरी खुल्ला बनाउने तर्फ उद्योगा वाणिज्य संघको ध्यान गएको संघले जनाएको छ । व्यापारिक नगरीको सडक साघुरिदै जानु दुखद भएको र यसले बजार सर्वसाधारण लाई सास्ती भएकोले यसको व्यवस्थापनका लागी सर्वपक्षिय छलफलबाट ठोस कदम चलाईने संघका सचिव पंकज गुप्ताले बताए ।
व्यापारीहरुले सडकमा नै व्यापार गर्दा पनि सम्बन्धित निकाय भने मौन रहेको छ । कृष्णनगर नगरपालिकाले सडक पेटी खुल्ला राख्न , सडकमा व्यापार गर्न निषेध गरेको भए पनि व्यापारीहरुले अटेर गरेको नगरपालिकाले जनाएको छ । सिमा क्षेत्रको बजार भएका कारणले पनि मानिसहरुको भिडभाड रहने हुदाँ सडक क्षेत्र खाली राख्ने विषयमा स्थानिय प्रशासन संग कुरा भइसकेको र व्यापारीहरुलाई पनि सडकमा सामान राखेर नबेच्न अनुरोध गरेको नगर प्रमुख रजत प्रताप शाहले बताए ।“पुन अब एक पटक अनुरोध गर्छौ , व्यपारीले टेरेनन भने कारबार्हि हुन्छ” उनले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP