Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सामाजिक परिक्षण सम्पन्न


कपिलवस्तु, २९ असोज
दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अब मेरो पालो परियोजनाको लक्ष्य, उदेश्य, योजना र उपलब्धी बारे परियोजना संयोजक गोबिन्द धवल, एकिकृत शान्ति निर्माण परियोजना बारे संयोजक सतिस कुमार हरिजन, समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम बारे जितराम यादव, सेक्योर परियोजना बारे सुमन न्यौपाने र हाम्रो पहूँच कार्यक्रम बारे राम कुमार महराले प्रस्तुतीकरण गरेका थिए । तौलिहवामा सम्पन्न सामाजिक परिक्षणमा संस्थाका अध्यक्ष रामशरन रैदासले बिगतका अनुभव र अभ्यासहरुलाई निरन्तरता दिदै स्थानिय स्तरमा संगठित समुह तथा संजालहरु,सामाजिक संस्थाहरु, स्थानिय तथा बाह्रय दातृ निकायहरु एवं सरकारी तथा गैरसरकारी निकायहरुको सहयोग तथा सहकार्यमा स्थानिय तह देखि सवलीकरण गर्दै कार्यक्रम सञ्चालन गरिएको जनाए । जवाफदेहिता, पारदर्शिता तथा अर्थपूर्ण सहभागितामा आफुहरुको प्राथमिकता रहेको रैदासले स्पष्ट पारे । सचिव मन्टु कोरीले सञ्चालन गरेको सामाजिक परिक्षणको सहजीकरण गैसस महासंघका जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तवले गरेका थिए । सो अवसरमा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले सामाजिक परिक्षणले सुशासन र पारदर्शितालाई प्रबद्र्धन गर्नुका साथै परियोजनाका सफल र सुधार गर्नु पर्ने पक्ष औल्याउन सहयोग पुर्याउने बताए । सो अवसरमा यशोधरा गाँउपािलकाका वडा अध्यक्षहरु सरिता त्रिपाठी, शिवपुजन पासी, जिल्ला समन्वय समिती सदस्य कुन्ती पासी लगायतले संस्थाले सञ्चालन गरेका कार्यक्रम वास्तविक सरोकारवाला सेवाग्राही सम्म पुग्न सकेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP