Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

बधाई तथा स्वागत कार्यक्रम सम्पन्न


कार्तिक ४,दाङ
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजले नेपाल नेत्रज्योति संघ,दाङ शाखामा मनोनित हुनु भएका सल्लाहकार र सदस्यहरुलाई एक समारोहका बिच स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षता र नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा ६ जना सल्लाहकार र ४ जना कार्यसमिति सदस्यहरुलाई स्वागत गरिएको हो । सल्लाहकारहरुमा पूर्व माननिय बुद्धिराम भण्डारी,शंकर गौतम,तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डीराज लामिछाने,रेश्मीराज शर्मा कंगाली,किरण रेग्मी र उमाकान्त पन्त रहेका छन । त्यसैगरी कार्यसमिति सदस्यमा नेत्रमणि लामिछाने,यम प्रसाद शर्मा पाण्डे,तेज प्रसाद आचार्य र गीता भुसाल रहेको जनाईएको छ ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य गिरीले नेपाल नेत्रज्योति संघ,दाङ शाखाले समय अनुसार शाखा अन्तर्गत संचालित ३ वटा आँखा अस्पतालहरु राप्ती आँखा अस्पताल,छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल र लमही आँखा अस्पताल तथा उपचार केन्द्रहरुलाई भौतिक संरचना बिकास तथा आधुनिक उपकरण प्रयोग गर्दै उच्चस्तरीय सेवा प्र्रवाह गरिरहेको उल्लेख गर्नु भयो ।

त्यसैगरी पूर्व माननिय बुद्धिराम भण्डारीले आपूm सांसद पदमा रहंदा आँखा अस्पतालको स्तरोन्नतीको लागि आर्थिक सहयोग जुटाउन महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउदै आगामी दिनहरुमा पनि अस्पतालको बिकासको लागि सहयोग जुटाउन आपूm तत्पर रहने बताउनु भयो ।

अस्पतालले ३ बर्षे अप्थाल्मिक साइन्स कार्यक्रमको पढाइ्र्रको शुरुवात गरेको र आगामी दिनमा यसलाई एमडी लेबलको पढाई गर्ने अध्ययन केन्द्र्रको रुपमा बिकसित गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका अर्का बक्ता तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डीराज लामिछानेले नेपाल नेत्र ज्योति संघ,दाङ शाखा अन्तर्गतका ३ वटै आँखा अस्पतालहरुलाई प्रदेश नं. ५ कै उत्कृष्ट आँखा अस्पताल बनाउनु पर्ने बताउनु भयो ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालले मनोनित हुनु भएका सल्लाहकारहरु र सदस्यहरुलाई बधाई ज्ञापन गर्दै नेपाल नेत्रज्योति संघ,दाङ शाखाका पदाधिकारीले अस्पतालको बिकासको लागि स्थानिय निकायहरुसंग समन्वय र सहकार्य गरी आर्थिक सहयोग जुटाउनमा महत्वपूर्ण भुमिका खेलेको कुरा स्मरण गराउदै आगामी दिनहरुमा पनि यस्तो सहयोगको अपेक्षा आपूmले गरेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव सुरेन्द्रबहादुर खड्का,सह सचिव चिरन्जीवी रिजाल,राप्ती आँखा अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेल,छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजका प्रशासकीय अधिकृत जसराज विश्वकर्मा,दृष्टि विशेषज्ञ ओम प्रकाश यादव,नेत्र अधिकृत सालिकराम गौतम लगायतले बधाई मन्तव्य व्यक्त गरेका थियो । प्रशासकीय अधिकृत किरण पौडेलले बिषय बस्तुमाथि प्रकाश पारेका थिए, कार्यक्रमको संचालन सुचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP