कपिलवस्तु
लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा कृष्णनगरमा बिहिबार प्रहरीको गोली लागि मृत्यु हुने सुरजकुमार पाण्डेयको शव आफन्तले बुझेका छन् । मृतक पाण्डेयको शब पोष्ट मार्टमको प्रकृया पुरा गरी आज परिवारलाई हस्तान्त्रण गरिएको हो । साथै मृतकका परिवारले काजकृया वापतको २५ हजार रुपैया बुझेका छन् । आज तौलिहवामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले मृतकका हजुरबुबा ओमप्रकाश पाण्डेय लाई सो रकम हस्तान्त्रण गर्नुभएको हो । रकम हस्तान्त्रण गर्दै प्रजिअ श्रेष्ठले मृतकका परिवारले क्षतीपूर्ती वापत माग गरेको रकमको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । पाण्डेको बिहिबार प्रहरीको गोली लागि ज्यान गएको थियो । स्थानीय प्रशासनले कर्फ्यु जारी गरेकै सयममा निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागि भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको हो । कृष्णनगरमा लगाईएको कर्फ्यू भने जारी छ । हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि समझदारी कायम गर्नका लागि थालिएका विभिन्न पहल असफल भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फयू जारी गरेको हो ।
प्रशासनले विहिवार विहान ११ बजे देखि अर्को आदेश नभएसम्मका लागि कर्फयू जारी गरेको छ । कर्फयू कृष्णनगर भन्सार कार्यालय देखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्व तर्फ ३ सय मिटर क्षेत्रमा कर्फयू जारी गरिएको प्रशासनले जानकारी दिइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया