Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

४ सय जनाको निःशुल्क शल्यक्रिया, १७ सय बढीको निःशुल्क आँखा चेकजाँच

कपिलबस्तु
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज कपिलबस्तुले दुई वटा निःशुल्क आँखा शिविर मार्फत ३९० जनाको मोतिबिन्दुको शल्यक्रिया गरी नयाँ ज्योति प्रदान गरेको छ । दुई वटा स्थानिय निकायको आँखा शिविरमा १७ सय ४१ जना आँखाका विरामीहरुले निःशुल्क आँखा चेकजाँच गराएका छन ।

छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोग, NABP Norway I Care को आर्थिक सहयोग र महाराजगंज नगरापालिकाको स्थानिय व्यवस्थापनमा कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं. १ स्थित फलहारीबाबा बहुमुखी क्याम्पसमा मिति २०७६ मंसीर ७,८ र ९ गते सम्पन्न भएको निःशुल्क आँखा शिविरमा ९०३ जनाको निःशुल्क आँखा चेकजाँच गरिएकोमा २२८ जना मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने ३ जनाको बिरामीको अन्य सामान्य शल्यक्रिया गरिएको थियो ।

उक्त शिवीरमा आउने आँखाका बिरामीहरुलाई आवश्यकता अनुसार निःशुल्क औषधि वितरण समेत गरिएको थियो । साथै शिवीरमा आँखाको अप्रेशन गरेका विरामीहरुले लगाउनु पर्ने ३८ हजार बराबरको कालो चश्मा नेशनल सर्जिकल्सका प्रो. श्री नसरुल्लाह खांन ले निःशुल्क उपलब्ध गराउनु भएको थियो । उक्त शिविरमा अस्पतालका नि.मेडिकल डाइरेक्टर सन्तोष सुवेदी लगायतको चिकित्सक टोलीले सेवा दिएको थियो । सो शिवीरमा महाराजगंज नगरपालिकाले बिरामीहरुलाई खानेबस्ने व्यवस्थाको निःशुल्क प्रबन्ध मिलाएको महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले जानकारी दिनु भयो ।

त्यसैगरी मंसीर १५,१६ र १७ गते बिजयनगर गाउँपालिकामा भएको ३ दिने निःशुल्क आँखा शिविरमा ८३८ जनाको आँखा चेकजाँच गरिएकोमा १६२ जना मोतिविन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज कपिलबस्तुको प्राविधिक सहयोग र बिजयनगर गाउँपालिकाको स्थानीय व्यवस्थापनमा संचालन भएको शिविरमा NABP Norway I Care ले आर्थिक सहयोग उपलब्ध गराएको थियो । छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.ज्योति सापकोटाको नेतृत्वमा गएको चिकित्सक टोलीले सेवा दिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनु भयो । सो शिवीरमा समेत आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको थियो भने अप्रेशन गरेका विरामीहरुले लगाउनु पर्ने कालो चश्मा को व्यवस्था बिजयनगर गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको थियो ।


अस्पतालको बार्षिक कार्यक्रम अनुसार छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोग महाराजगंज नगरपालिकाको स्थानीय व्यवस्थापन र DAK foundation को आर्थिक सहयोगमा महाराजगंज नगरापालिकाको शान्तीनगरमा मंसीर २१ गते निःशुल्क आँखा चेकजाँच गरिएको छ । मंसीर २२ र २३ गते निःशुल्क आँखा जाँच हुनुका साथै मोतिविन्दुको निःशुल्य शल्यक्रिया गरिने कार्यक्रम रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP