Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

ढाई करोडको लागतमा घोरही पुल बन्ने

कृष्णनगर, कपिलवस्तु

ढाई करोडको लागतमा बन्ने घोरही पुलको आज शिलान्यास गरिएको छ ।
कृष्णनगर नगरपालिकाको नगर योजना बाट ढाई करोडको लागतमा निर्माण हुने घोरही नदिको पुल आरटियो सडकलाई कृष्णनगर-चन्द्रौटा फोरलेन सडकको सम्पर्क सडक हुने र छितुहनी ,सिसहनिया लगायत आधा दर्जन गाउंका सर्वसधारणहरु प्रत्यक्ष नगरपालिका केन्द्रसंग जोडिन्छन । सो पुलको प्रयोग बाट शिवानगर स्थिति श्रीदेवी माध्यमिक विद्यालयमा पढ्न आउने छितुहनी,सिसहनियाका विद्यार्थीहरुलाई समेत सुविधा हुने नगर प्रमख रजत प्रताप शाहले बताउनु भएको छ।


आर्थिक बर्ष ०७५/०७६ को योजनामा पुल निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको थियो । पुलको लम्बाई बढी भएकोले बजेट अपुग देखिएकोले यस आर्थिक बर्षमा नगरको योजनामा समेटी २ करोड ४८ लाख बजेट विनियोजन गरि साढे सात मिटर चौडाई र एक्काईस मिटर लम्बाई भएको पुल निर्माण शुरु गरिएको योजना अधिकृत प्रदीप चौधरी जानकारी दिनुभयो ।


पुल निर्माण भएपछि प्रदेश सरकारले निर्माण शुरु गरेको कृष्णनगर रंगशाला हुँदै छितुहनी, सिसहनिया लगायतका गाउंका सर्वसाधारणलाई कृष्णनगर पुग्न सजिलो हुने स्थानिय राजकुमार नाउको भनाई छ । लगभग पचास बर्ष भन्दा पहिला भारतको आनन्दनगरमा रहेको तत्कालीन गणेश चिनी मिलले बहादुरगंज देखि छितुहनि शिवानगर हुँदै कृष्णनगर सम्म उखु ,काठ ढुवानीका लागि घोरही नदीमा पुल निर्माण गरेको थियो । धेरै दिनसम्म जीर्ण अवस्थामा रहेको पुल केही बर्ष पहिला बाढीले भत्केको सो पुल कृष्णनगर नगरपालिकाले प्राथमिकतामा राखेर निर्माण गर्न शुरु गरेको वडा १ अध्यक्ष तुंगनाथ चौधरीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP