Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

राजनितिक दलले भने : चन्द्रौटा महोत्सव सफल पारौ

माधव बेल्वासे
कपिलवस्तु ,१ पुुस
कपिलवस्तुको चन्द्रौटामा यहि पौष १४ गते बाट छैठौ चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्वसले जिल्लाका पर्यटकिय क्षेत्र र औद्योगिक करीडोर निमार्णमा टेवा पुग्ने विश्वास गरीएको छ । कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित आयोजना हुने महोत्सवको तयारी सुरु भएको आयोजकले जनाएको छ ।

आयोजक सस्थाले मंगलवार सर्वदलिय तथा सर्व पक्षीय वैठक सम्पन्न गरेको छ ।
महोत्सवले चन्द्रौटा विकास र समृद्धको लागी भुमीका खेल्ने भएकोले महोत्सवलाई सवैको सहयोग आवश्यक रहेको संघका अध्यक्ष जमसेद मियाले वताउनुभयो । स्थानिय स्तरमा उत्पादीत कृषिलाई प्राथमिकता दिएको भन्दै भगवान गौतम वुद्धले २९ वर्ष विताएको कपिलवस्तुका एतिहासिक क्षेत्रहरुको ओेझेलमा परेकोले ति क्षेत्रलाई महोत्सव मार्फत प्रचार प्रसार गर्ने जनाउनुभएको छ । पौष २६ गते सम्म चल्ने महोत्सवमा चन्द्रौटा डान्स आईडललाई आर्कषकको केन्द्रविन्दु पारिएको छ भने राष्ट्रिय कलाकारले महोत्सवलाई मनोरन्जनात्मक गराउने संघका माहासचिव दमन भाटले वताउनुभयो ।


महोत्सव स्थल निमार्णको काम सुरु भएको जनाउदै ३ सय स्टलहरु बनाउने तयारी गरेको महासचिव भाटले वताउनुभयो । मिडिया क्षेत्रले महोत्सवलाई सफल बनाउन महोत्वपुर्ण भुमीका हुने भएकोले प्रचार प्रसार तिव्र रुपमा गर्न समेत आग्रह गर्नुभएको छ । कार्यक्रममा विभिन्न राजनितिक दलमा प्रतिनिधि,जनप्रतिनिधि सघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले महोत्सवले चन्द्रौटाको विकासमा महोत्वपुर्ण भुमीका खेल्ने वताउनुभएको छ । जिल्लाको पश्चिमि क्षेत्रमा रहेका पर्यटकिय स्थलहरु प्रचार प्रसार तथा कृषि र उद्योग क्षेत्रको विकासमा फड्को मार्नुपर्ने जनाउनुभयो । महोत्सवले स्थानिय व्यापारलाई प्राथमिकता दिनुपर्ने जनाउदै विवादरहित महोत्सव बनाउन सु्झाव दिनुभयो ।


नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर अध्यक्ष दिनेश पुन,नेपाली काग्रेसका हुमाकान्त खनाल,राजपका रविदत्त मिश्र,समाजवादी पार्टीका कृष्णकुमार चौधरी,व्यापार संघ अध्यक्ष महादव पोख्रेल,ढुण्डिराज अधिकारी सन्तोषि पाण्डेले महोत्सवको सफलताको कामना गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP