Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

स्थानिय तहका समस्या पहिचान गर्दै प्रदेश लोक सेवा आयोग

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा,८ माघ
प्रदेश न ५ को प्रदेश लोक सेवा आयोगले स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुका समस्याहरु पहिचानको लागि जिल्ला जिल्लामा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । स्थानिय तहमा कार्यरत कर्मचारीहरुको सुझाव सहित सेवा प्रवाहमा गुणस्तरीय ल्याउन यस अभियानलाई तिव्रता दिएको छ । कपिलवस्तुका जनप्रतिनिधि तथा कर्मचारीहरु सग अन्तरक्रिया गर्दै प्रदेश लोक सेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले स्थानिय तहका पदाधिकारी र कर्मचारीको सुझाबको आधारमा आयोगको काम अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
आयोग पाठ्यक्रम बनाउने तयारीमा लागेको भन्दै यसमा कुनै संका नगर्न आग्रह गर्नुभयो । प्रदेशका १२ वटै जिल्लामा कर्मचारीहरुको अभाव रहेको भन्दै भयरहित तवरवाट कर्मचारी छटोन गर्ने विश्वास दिलाउनुभयो । पदाधिकारीका सुझाव अयोगलाई अनिवार्य रहेको भन्दै नवलपरासी,रुपन्देही कपिलवस्तु सकिएकोले अब अन्य जिल्लाका सुझाव लिने अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले उपयुक्त जनशक्ति आपूर्ति गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउदै समृद्ध प्रदेश सुखी जनता भन्ने प्रदेशको चाहनालाई पुरा गर्ने बताउनुभयो । कपिलवस्तुको जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा स्थानिय तहका कर्मचारीहरुले पाठ्यक्रमको भाषा परिबर्तन गर्नुपर्ने,विषय विज्ञहरु प्रदेश बाहिर वाट ल्याउनुपर्ने,दरबन्दी मिलाउदा स्थानिय तह सग सहकार्य गर्नुपर्ने लगाएतका सुझाब दिएका थिए । प्रशासनका कर्मचारी प्रविधिक कर्मचारीहरुलाई एक अर्काको थारै पनि ज्ञान नहुँदा तालमेलमा समस्या भइरहेको गुनासो गरेका छन् ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले आवश्यक कर्मचारी नहुँदा स्थानिय तहमा समस्या हुँदै आएको बताउनुभएको छ । “मेरो नगरपालिकामा प्रविधिक कर्मचारी आवश्यक छ,तर अन्य कर्मचारी धेरै छन यसमा लोक सेवा आयोगले ध्यान दिनुपर्छ”– उहाँले भन्नुभयो । शुद्धोधन गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले कर्मचारी ल्याउन राजनिति पहुँच लगाउनु परेको बताउनुभयो । प्रदेश सरकार तथा आयोगले आफ्नो प्रदेशका कर्मचारीहरु लाई पठाउनुपर्नेमा संघिय मन्त्रीको पहुँच लगाउनुपर्ने बाध्यता अहिलसम्म यथावत् रहेको जिकिर गर्नुभयो । कतिपय स्थानिय तहमा कर्मचारी धेरै वर्ष सम्म एक ठाउँ बस्दा समेत समस्या हुने गरेको बताउनुभयो । एउटा कार्यालयमा कति समय बस्न पाउने भन्ने निश्चित हुुनुपर्ने उहाँले जनाउनुभयो । प्रदेश लोक सेवा आयोगका सचिव सुर्यप्रसाद भुसालले विभिन्न समयमा सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गर्दा सेवा प्रवाहमा सहज हुने बताउनुभयो । स्थानिय तहमा स्वीकृत दरवन्दी मध्ये पदपुर्ति हुन वाकी रहेका सेवा समूह उपसमूह र तहका पदहरुको विवरण प्रदेश लोक सेवा आयोगलाई निर्धारित समयमा उपलव्ध गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP