Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

युवालाई निःशुल्क सीप दिंदै ओम टेक्निकल

कपिलवस्तु, २५ माघ ।
जिल्लाको चन्द्रौटामा हालै संचालनमा आएको ओम टेक्निकल एण्ड एजुकेशनल एकेडेमी प्रा.लि.ले पहिलो पटक युवा लक्षित सुनौलो अवसर ल्याएको छ ।
सीपविना बिदेशिएका युवाहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै ओम टेक्निकलले युवा लक्षित विभिन्न सीपमूलक कार्यक्रम संचालनमा ल्याएको हो । एकेडेमी प्रा.लि.ले अहिले ६० जना बेरोजगार युवाहरुलाई निःशुल्क सीपमूलक तालिम दिइरहेको एकेडेमीका संचालक श्रीजन पोखरेलले जानकारी दिए ।
सीप नभएर दुःख भोग्दै आएका युवाहरुका लागि तीन महिने निःशुल्क हाउस वायरिङ र मोटरसाइकल मेकानिकल तालिम संचालनमा ल्याएको पोखरेलले बताए । “सीपपछि युवाहरु स्वरोजगार हुनेछन् र विदेशमा जाँदा पनि सीपअनुसारको काम पाउने विश्वास छ” –संचालक पोखरेलले भने । “सीटीईभीटीबाट मान्यता प्राप्त भएकाले यहाँबाट सीप सिकेका युवाले दुःख भोग्नु पर्दैन ।”
आगामी दिनमा ओम टेक्निकल एण्ड एजुकेशनल एकेडेमी प्रा.लि. युवाहरुका लागि विभिन्न सीपमूलक एवं रोजगारका कार्यक्रम ल्याउने पोखरेलले जनाएका छन् । बिल्डिङ्ग इलेक्ट्रिकल, इन्डस्ट्रियल इलेक्ट्रिकल, प्लम्बिङ, कम्प्यूटर, कुक, फ्रिजेसी लगायतका तालिम संचालनको तयारीमा रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP