Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

बिजुलीकाे महसुल घट्यो, विपन्न वर्गकाे न्यूनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै

काठमाण्डाै – आउँदो मङ्सिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत् नियमन आयोगले आज बुधवार पत्रकार सम्मेलन गरेर आउँदो मङ्सिर महिनाको उपयोग अर्थात् पुस महिनाको बिलिङदेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो । 

नयाँ विद्युत् दरअनुसार विपन्न वर्ग अर्थात् ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताउनुभयो । 

यस्तै सिङ्गल फेजबाट विद्युत् लिएर एक सय ५१ देखि दुई सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाइ प्रति युनिट नाै रुपैयाँ ५० पैसा कायम गरिएको छ । चार सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रति युनिट एक रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ । 

थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक चार सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई अहिले प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ । 

चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि अहिले कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ । 
ट्युबेल सञ्चालन गर्ने उपभोक्ता तथा सिँचाए उपभोक्ताका लागि अहिले रहेको महसुलमा ४० दशमलव ६९ प्रतिशत घटाइएको आयोगले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP