बैतडी : नेपालबाट भारत जँदै गरेको डुङ्गा महाकाली नदीको नङरौं घाटमा पल्टिदा एक बालको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। डुङ्गामा १० जना सवार रहेका थिए।
बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित नङरौं घाटमा डुङ्गा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए।
बुधबार साँझ ६ः३० बजे बैतडीको शिवनाथबाट महाकाली नदी तरेर भारत जाँदै गरेको डुङ्गा पल्टिदा एक जना बालकको मृत्यु भएको र एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताए।
प्रहरी निरीक्षक दर्शन खड्काले कोरोना कहरपछि गृह मन्त्रालयले महाकाली नदीमा डुङ्गा चलाउन बन्द गरेको भए पनि अवैध तरिकाले डुङ्गा चलाउँदा दुर्घटना भएकोे बताए। घटना बारे अनुसन्धान भईरहेको उनले बताए
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया