Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

९/१० लाख मानिसले ‘एकैचाेटि फाराम भर्न खाेज्दा’ लाइसेन्सकाे अनलाइन आवेदन बन्द

काठमाण्डाै – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ । मर्मतका लागि भन्दै आज बिहीवारदेखि अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो ।

विभागले नयाँ लाइसेन्सको आवेदन गएकाे सोमवार बेलुकीदेखि खुला गरेको थियो । तर, छ महिनापछि आवेदन खुलेसँगै एकै चोटी चाप पर्दा प्रणालीमा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिनुभयो ।

उहाँले लाइसेन्स आवेदन खुला गर्नासाथ झन्डै ९/१० लाख मानिसले एकैचोटि फाराम भर्ने प्रयास गर्दा हिजाे बुधवारदेखि सर्भर पूर्ण रूपमा बन्द रहेको बताउनुभयो । प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जति सक्दो चाँडो आवेदन खुलाउने उहाँले बताउनुभयो ।

सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएर बसेका अझै साढे तीन लाख बढी लाइनमा छन् । यो सङ्ख्या काठमाण्डाै उपत्यकामा रहेका कार्यालयमा सबैभन्दा बढी छ । उपत्यकामा चार र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरूको पालो पहिले आउने बताउनुभयो । उहाँले भर्खरै आवेदन दिएकाहरूको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिनुभयो ।

विभागले अहिले नयाँ मापदण्डअनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अङ्क ल्याएमा पास भइनेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP