गुल्मी : कात्तिक ३ गतेदेखि बन्द रहेको जिल्लाको रिडी रुद्रबेनी सडक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। सडक खुलाउनका लागि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र संग्राम शार्दुल गुल्म गुल्मीको टोलीले बम बिस्फोट गराएर सडक खुलाउने कार्य गरिरहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।
रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको थियो। अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो। पहिरोको बिचमा ठूला ठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिए पछि सेना परिचालन गरिएको पौडेलले जानकारी दिए।
गत बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई विस्फोट गर्न दिने निर्णय गरेको पौडेलले बताए। सडक अबरुद्ध भएपछि शान्तिपुर, चोरकाटे, बुर्तिबाङबाट बुटवलका लागि छुटने सवारीसाधन कालीगण्डकी करिडोर हर्मिचौर , मिर्मी हुँदै बुटवल जाने गरेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया