काठमाडौं : तिहारलाई सेलरोटी र विभिन्न प्रकारका मिठाईहरूको पर्व भनेर चिनिन्छ।
विभिन्न प्रकारका रङ, बत्ति, मिठाई, रोटीको पर्व भनेर चिनिने तिहारमा टीका लगाएर दिदीबहिनीले दाजुभाइलाई विभिन्न प्रकारका मिठाईका साथै रोटीभाइमसलाका रूपमा दिने परम्परा छ।
छिटो र बजारमा सजिलै किन्न सकिने यस्ता मिठाईका परिकारमा प्रयोग हुने विभिन्न रङ र रसायन स्वास्थ्यका लागि हानिकारक हुने गर्छन्।
मिठाईमा मिसाइने रसायन र रङले तत्काल झाडापखालालगायत (फुड प्वाइजन) हुन सक्छ भने स्वास्थ्यमा दीर्घकालीन असर गर्न सक्छ।
त्यसैले यस्ता मिठाई किन्दा विशेष ख्याल गर्नुपर्छ।
यी हुन् फाइदाजनक खानेकुरा
तिहारमा सगुनका रूपमा दाजुभाइलाई ओखर, पास्ता, बदाम, काजुजस्ता खानेकुरा प्रशस्त मात्रामा दिँदा राम्रो हुन्छ।
यस्ता खानेकुरामा शरीरलाई चाहिने विभिन्न प्रकारका पौष्टिक तत्त्व पाइन्छ।
यी पौष्टिक तत्त्व शरीरका लागि आवश्यक हुन्छन्। ओखरमा हुने तेल मुटुका लागि अत्यन्त गुणकारी मानिन्छ।
यस्तै ओखरमा हड्डी र छालालाई राम्रो बनाउने विभिन्न भिटामिन, खनिज, फलाम र क्यान्सरबाट बचाउने विशेष प्रकारको तत्त्व पाइने भएकाले दाजुभाइलाई सगुनमा ओखर दिनु राम्रो हुन्छ।
तिहारमा बासी तेल र विभिन्न रासायनिक रङ प्रयोग गरेर बनाइने यस्ता मिठाई दाजुभाइले खाँदा शरीरमा चिनीको मात्रा बढ्नुका साथै धेरै गुलिया मिठाई खाँदा माइग्रेन, मिर्गौलाको समस्या देखिने सक्छ।
साथै यस्ता मिठाई धेरैजसो दूध र मैदाबाट बनाइने हुँदा ग्यास्ट्रिक हुनसक्ने सम्भावना हुन्छ।
सकेसम्म दाजुभाइलाई बजारमा बनाइएका यस्ता मिठाई खान दिनु उपयुक्त हुँदैन।
बजारमा लामो समयदेखि बनाएर प्लाष्टिकमा राखेका खानेकुरा पनि तिहारलगायत चाडपर्वमा उपहार दिने र खाने गरिन्छ।
लामो समयसम्म प्लाष्टिकमा प्याक गरेर राखिएका यस्ता बासी खानेकुराभन्दा आफ्ना दाजुभाइलाई सकेसम्म घरमै पकाएका ताजा र स्वस्थ खानेकुरा दिनु राम्रो हुन्छ।
यस्ता खानेकुराले दाजुबहिनी, दिदीभाइको आत्मीयता बलियो बनाउनुका साथै स्वास्थ्यका लागि पनि हानिकारक हुँदैन।
घरकै ताजा ध्यू, तेलमा बनाइएको विभिन्न प्रकारका रोटी स्वादिष्ट हुनुका साथै शक्तिवर्द्धक पनि हुने गर्छन्।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई स्नेहपूर्ण रूपमा दिइने खानेकुरामा सकेसम्म मिठाई, चिल्ला रोटीभन्दा फलफूल, दही दिनु राम्रो हुन्छ।
चाडपर्वको समयमा धेरै खानेकुरा खाने र शारीरिक व्यायाम थोरै गर्दा शरीरमा उल्टो असर गरिरहेको हुन्छ।
तिहारको बेलामा धेरै प्रयोग हुने गुलिया परिकारले शरीरमा धेरै हानि पुर्याइरहेका हुन्छन्, जसले तिहारलगत्तै मधुमेह उच्च हुनुका साथै उच्च रक्तचाप भएका धेरै बिरामी अस्पताल दौडनुपर्ने हुनसक्छ।
त्यसैले दाजुभाइलाई सकेसम्म मौसम अनुसारका विभिन्न प्रकारका फलफूल, दूध, दही दिनु राम्रो हुन्छ।
यी खानेकुरा सजिलै पच्ने र स्वास्थ्यको दृष्टिकोणले पनि असल मानिन्छन्।
(अन्नपूर्ण न्यूरोका डा प्रतीक पौडेलसँगको कुराकानीमा आधारित)
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया