Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

२४ घण्टामा काेराेना सङ्क्रमण दर ४ प्रतिशतभन्दा तल झर्‍याे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । चार हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ७७ प्रतिशत अर्थात् एक सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज थपिएका एक सय ८३ जनासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार दुई सय ८९ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार आठ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ६ सय ४९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९४ हजार चार सय ३८ पुगेको छ । 

यही अवधिमा दुई जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३८ पुगेको छ । अहिले नेपालमा आठ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै २४ घण्टामा थप तीन हजार सात सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७४ लाख ३३ हजार दुई सय ६६ जनाले पूर्ण मात्रा र ८७ लाख ३६ हजार ७८ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP