सोलुखुम्बु : मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ। शुक्रबार मेरापिक आरोहण गरेर फर्किने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।
उनकाअनुसार चिप्लियर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकोप्टरमार्फत उद्धार गरी पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
शव पोष्टमाटमको लागि काठमाडाैं लैजाने तयारी गरिएको भएपनि मौसम प्रतिकुलता कारण हेलिकोप्टरले उडान भर्न नसक्दा लुक्लामानै राखिएको प्रहरीले जनाएको छ। शव शनिबार बिहान लैजाने तयारी गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडाैंमार्फत कात्तिक १० गते मेरापिक पुगेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया