Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

फाल्गुनन्दको १३७ औं जन्मजयन्ती आज

काठमाडौं  : नेपालका १६ औ राष्ट्रिय बिभूती तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औ जन्मजयन्ती आज।  पूर्वी नेपालसहित देशभर नै जन्मजयन्ती मनाइँदैछ।

बिसं १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मिएका नरध्वज लिङदेन पछि गएर फाल्गुनन्दको नामबाट परिचित बनेका हुन्। उनको नाम फलामसिंह रहेको पनि कतिपय पुस्तकहरुमा लेखिएको छ।

सानो उमेरमा धेरै विरामी परेपछि फलामको चुरा लगाउँदा सन्चो हुने र फलामको चुरा लगाएको ब्याक्तिको दीर्घ जिवन बन्न सक्ने जनविश्वासले त्यो समय फलामको चुरा उनलाई हातमा लगाईदिएकाले गाँउमा बोलाउने नाम फलामसिंह परेको जानकारहरुको भनाइ छ।

महागुरु फाल्गुनन्द लिङ्देन १३७ औं जन्मजयन्ती कार्यक्रम नेपालमा मात्र नभएर विदेशमा समेत मनाउने गरिएको छ। फाल्गुनन्दको जन्मजयन्ती समारोह मोरङ र सुनसरीको तीन स्थानमा मनाइएको किरात धर्म तथा साहित्य उत्थान संघले जानकारी दिएको छ। मोरङ जिल्लाको केराबारी र लेटाङ र सुनसरीको भरौलमा किरात माङहिम र महागुरु फाल्गुनन्दका सालिक अनावरणको तयारी छ।

यसैगरी किरात धर्मावलम्बीहरु बसोवास रहेको नेपालको विभिन्न भूभाग, भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकमा पनि जन्मजयन्ती मनाउने किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किरात धर्मालम्बिहरुले भगवानको रुपमा पुजाआजा गर्नेगरेको पाईन्छ। 

समुदायमा रहेको सामाजिक बिसंगति, बिकृतीले गाँजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ वैशाख २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका बरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजीक लेब्रे कुटीमा उनले सत्यधर्म मुचुल्का बनाएर त्यसलाई लागु गर्न भनेका थिए। 

फाल्गुनन्दले किरात सामाजिक मुन्धुम ९शास्त्र०को प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलिपूजाको अन्त्यका लागि अभियान शुरु, धर्म, संस्कृतिको पुनरउत्थानजस्ता कार्यहरु गरेका थिए।  समाज सुधारको उनको योगदानको कदर गर्दै बिस २०६६ साल मङ्सिर १६ गते सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP