दाङ : घोराही उपमहानगरपालिका-८ सौडीका ५४ वर्षीय बलबहादुर विकको इनारमा खसेर मृत्यु भएको छ।
पानी तान्ने क्रममा घर नजिकमा रहेको इनारमा खसेर उनको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। विकको शवलाई करिव ६० फिट गहिरो इनारबाट नेपाली सेनाका जवान सुजन खड्काले निकालेको गणपति प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिए।
शनिबार दिउँसो साढे ३ बजे इनारमा खसेका विकको शवलाई बेलुका साढे ५ बजे निकालिएको थियो।
त्यस्तै‚ तुलसीपुर उपमहानगरपालिकामा एक जना बालकको कुलोमा डुबेर मृत्यु भएको छ। तोरी खेतीमा सिँचाइ गर्ने घर नजिकको कुलोको पानीमा खेल्दा तुलसीपुर-१२ कौवापुरका कमल डाँगीका तीन वर्षीय छोरा कब्यानसनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनी शनिबार दिउँसो ३ बजे कुलोमा डुबेका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया