Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

प्रेम र समर्पणको पर्व ‘सामा-चकेवा’ मिथिलाञ्चलमा सुरु

सप्तरी – तराई क्षेत्रमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतिकका रुपमा रहेको सामा-चकेवा पर्वकाे रौनक बढ्दै गएको छ । सामा-चकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायु र सम्पन्नताका लागि कामना गरिने पर्व हो । 

कात्तिक शुक्ल द्वितीया तिथि अर्थात् कात्तिक पूर्णिमाको मध्यराति सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति बनाउन माटोको जोहो गर्नुपर्ने भएकाले आजकाे दिनलाई पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो । यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मान्छेलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरातिमा विशेष पूजापाठ गरी पर्वको समापन गर्ने गर्छन् । 

काँचो माटोले बनाइएका मान्छे, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भन्ने गरिएको पकरी १  का प्रमिला यादवले बताउनुभयाे । 

ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महसुस गर्न थालिएको छ । 

भविष्य पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर वृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरूसँग रमण गर्ने गरेको झुठो कुरा कृष्ण समक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरूलाई चरा बन्ने श्राप दिनुभयो । 

सामाको भाइ साम्बले यसबारे जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरूलाई श्रापबाट मुक्त गर्नुभयो । 

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँघरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । त्यस दिन सिरी सामा, दोश्रो दिन चकेवाका साथै एक पातीमा बसेका सातवटा चरा जसलाई सतभैया भनिन्छ । 

त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखवाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति  बनाउने गरिएको महादेवा गापाका १ का  समतोलिया सदाले सुनाइन् । .यसका साथै बृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरूलाई विभिन्न रङले रङग्याइन्छ । 

यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । त्यसै क्रममा आफूलाई चाहिएका सरसामान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् ।

सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । 

छठको खरना वा परनादेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाइ राति एउटा ढकीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ । 

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको सविता यादवको भनाइ रहेको छ । 

चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । 

यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् । 

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोबाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन् कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । ​डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीतिसंवाद बोल्छन् । 

कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्मपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । 

सामाचकेवाको गीतमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अन्तरसम्बन्ध झल्किन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP