Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

शिवराज नगरपालिका ५ चन्द्रौटामा क्वारेन्टाइन कक्ष स्थापना

कपिलवस्तु  ७ चैत्र ।

शिवराज नगरपालिका ५ चन्द्रौटामा क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । चन्द्रौटा बजार देखि पुर्व पट्टी रहेको दुर्गा मन्दिर भवनमा ४ वटा वेड सहित कक्ष स्थापना गरिएको हो ।

सिमा नाका देखि नजिक रहेको नगरमा कोराना भाइरसको उच्च जोखिम रहेकोले क्वारेन्टाइन कक्ष राखिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । कारोना भाइरस प्रभावित मुलुक वाट आएका नागरिक तथा कोरोनाको आंशका देखिएका मानिसहरुलाई १४ दिन यसै स्थानमा राखिने अधिकारीले बताउनुभयो ।

उक्त कक्षमा नगरका दुई जना स्वास्थ्य कर्मीलाई हेरचाहको लागि राखिने अधिकारीले बताउनुभयो । भारतवाट प्रवेश गर्ने कृष्णनगर क्षेत्रवाट आउने नागरिकलाई जवाभारीमा क्षेत्रमा हेल्थ डेक्स स्थापना गरिने शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईल बताउनुभयो ।

विश्वमा माहामारीको रुप लिएको कारोना भाइरस बाट जोगिन नागरिकहरु सचेत हुनुपर्ने प्रदेश सभा सदस्य अर्जुन केसीले बताउनुभयो । सामान्य लापहरवाहीले यो राग माहामारीको रुपमा हुने बताउदै नगरभित्र नागरिकहरु सुरक्षित हुुनतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस्तै शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको सिद्धार्थ फर्निचरका संचालक सोभियत खनालले क्वारेनटाइनको लागि १० थान बिरामी राख्न मिल्ने वेड र धुन मिल्ने मेट्रेस सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । चन्द्रौटामा रहेको संजिवनी सामुदायिक अस्पताल र चन्द्रौटा हस्पिटलमा १÷१ वटा आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP