Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रकोप कोषमा सहयोगी दाताबाट ८८ हजार ५ सय रकम जम्मा ।

दिपक के.सी. कपिलवस्तु ,

कपिलस्तको शिवराज नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा शुक्रबार सहयोगी दाताहरुबाट ८८ हजार ५ सय रुपैया जम्मा भएको छ । नगरपालिकाले संचालनमा ल्याएको प्रकोप व्यवस्थापन कोषको खातामा सहयोगी दाताहरुबाट सोहि रकम जम्मा भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।

विहिबारबाट संचालनमा आएका नेपाल बैंकमा रहेको नगर प्रकोप व्यवस्थापन कोषमा नगरका मनकारी व्यक्तिहरुबाट सहयोग रकम जम्मा भएको प्रमुख अधिकारीले बताए । कोषमा हाल सम्म ६३ लाख ८८ हजार ५ सय जम्मा भएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए ।

कोषमा नगरपालिकाले ६३ लाख रकम जम्मा गरेको छ भने खरेन्द्रपुर निवासी चन्द्रौटा उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष तथा शिव एण्ड सपना टेर्डसका व्यवस्थापक इश्वरी पाण्डेले ५१ हजार , चन्द्रौटा निवासी क्रिष्टल डिजिटल फ्याक्स प्रिन्ट तथा स्काइ फेसन गार्मेन्टका व्यवस्थापक पदमराज पौडेलले १५ हजार , शिवपुर निवासी दिपाली निर्माण सेवाका व्यवस्थापक दर्लजन के.सी.ले ११ हजार र शिवपुर निवासी सरोज शर्माले ११ हजार ५ सय रकम कोषको खातामा जम्मा गरिदिएको पौडेलले जानकारी दिए ।

हाल महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस र लकडाउनको अवस्थामा ज्यालामज्दुरी गरी जिवीको पार्जन गर्दै आएका गरिब घर परिवारको छनौटको काम भइरहेको र उनीहरुको डाटा तयार भए पछि राहत वितरण गरिने नगर प्रमुख नेत्रराज अधिकारीले बताए । पहिलो डाटा संकलनमा संख्या धेरै आएकोले सर्बपक्षिय छलफलबाट पुन छनौट भइरहेको उनले जनाए ।

राहत खरिद र वितरणका लागी राहत खरिद वितरण समिति उप प्रमुख शिवकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यी गठन भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । समितिले राहत सामाग्री खरिदका लागी रेट माग गरि सकेको उप प्रमुख चौधरीले बताइन । समितिमा सामाजिक विकास शाखा प्रमुख , उद्योग संघ , व्यापार संघ, पत्रकार, लगायतको समिति रहेको उप प्रमुख चौधरीले बताइन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP