Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

महाराजगंज नगरपालिकाले राहत खरिद अनियमितता संगै बाडियो कुहिएको चामल , क्वारेन्टाइनको किर्ते तथ्याङ्क

कपिलवस्तु , २३ चैत
कोरोना संक्रमण रोकथामका लागि देश यतिखेर लकडाउन छ । यो कति लम्बिने हो थाहा छैन । कोरोना नियन्त्रणमा तीनै तहका सरकार विभिन्न माध्यमबाट लागिपरेका छन् । तर यस्तै मौका छोपेर केहि स्थानीय तह कोरोनाका कारण उत्पन्न परिस्थितिको फाइदा उठाउदै आर्थिक अनियमितता तर्फ लम्किएको पाइन्छ ।

जिल्लाको महाराजगंज नगरपालिकाले राहतको नाममा अनियमितता सुरु गरेको छ । कतिपय ठाँउमा राहत वितरणमा अनियमितता, भेदभाव, राजनितिकरण गरिएको प्रसंग आएपनि यहाँ भने राहत किन्ने क्रममै अनियमितता पुष्टि भएको छ । नगरपालिकाले २१ गते प्रकाशित गरेको राहत सामाग्री खरिद कोटेशन सुचनाले यसको पुष्टि गरेको छ ।


नगरपालिकाले विभिन्न स्थानबाट विना कोटेशन तथा दररेट १९ गते नै राहत सामाग्री खरिद गरि २० गते वडा नंं। ७ कुशहवाका १५० परिवारलाई राहत वितरण गसिकेको छ । यसै गरि नगरपालिकाले २० गते किमाम फाउण्डेशनको सहयोगमा वडा नं। ९ सिसवामा राहत वितण गरेको थियो । नगर प्रमुख अब्दुल कलामले नगरपालिकालाई आएको राहत सबै बोकेर सिसवाका १२० परिवारलाई बाडेका थिए । नगरप्रमुख कलाम आफु शिसवाबासी हुन् । कार्यविधिमा उल्लेख गरिएका विपन्न, असाहाय, गरिब, मजदुर लाई दिने भनेपनि हुनेखानेहरुलाई बाडिएपछि थप १५० परिवारको राहत वितरण रोकिएको थियो ।


नगरपालिकाले बजारको दरभाउ भन्दा निकै महंगोमा राहत सामाग्री खरिद गरेको भन्दै नेकपा, राजपा, संघिय समाजवादी लगायतका दलले विरोध गरेपछि नगरपालिकाले २१ गते मात्र सूचना जारी गरि दररेट माग गरेको छ । यसबाट वडा तथा नगरपालिकाले आफुखुशी राहत सामाग्री खरिद गरेको प्रष्ट देखिएको छ । श्रोतका अनुसार नगरपालिकाले वडा नं। ७ मा वितरण गरेको राहत समेत गुणस्तरहीन पाइएको छ । विपन्न परिवारलाई कुहिएको चामल वितरण गरिएको छ । पोकामा चामल पाएर खुशी बनेका विपन्न परिवार घर गएर हेर्दा कुहिएको देखेपछि निराश बनेका थिए । बजारमा कुहिएको चामल ५–१० रुपैया किलोमा घरेलु मदिरा वा गाइवस्तुलाई कुडो पकाएर खुवाइन्छ । मानव स्वास्थ्यमा कुहिएको चामलले पेट सम्बन्धी रोग तथा आन्द्रामा समस्या ल्याउने स्वास्थ्यकर्मीहरु बताउछन् ।

महाराजगंज नगरपालिकाले राहत वितरणका लागि प्रत्येक वडालाई ५ लाखको दरले ५५ लाख रुपैया विनियोजन गरेको छ । यसै गरि क्वारेन्टाइन संचालनका लागि ५० हजार रुपैयाको दरले बजेट दिइएको छ । तर वडा अध्यक्ष र नगरपालिकाले भने बढि खर्च देखाउन क्वारेन्टाइनमा बढि व्यक्ति राखेको किर्ते तथ्याङ्क सार्वजनिक गरिरहेका छन् । नगरपालिकाले बरइपुर, महाराजगंज, हरदौना, शिवभारी लगायतका क्षेत्रमा स्थापना गरेको क्वारेन्टाइनमा ९० जना भन्दा बढि व्यक्ति छैनन् । तर नगरपालिकाले चैत १९ गते १४९, २१ गते १७७ र २२ गते १९१ जना क्वारेन्टाइनमा राखिएको तथ्यांक सार्वजनिक गरेको छ । तर जिल्ला प्रशासन कार्यालयले नै महाराजगंजका तथ्यांक गलत रहेको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले २० गते महाराजगंजको क्वारेन्टाइन अनुगमन गर्दा थोरै मात्र बसेको बताउनुभयो । मैले कडाईका साथ भारत वा तेश्रो मुलुक र शंकास्पदलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र ठीक तथ्यांक दिन निर्देशन दिएको छु उहाले भन्नुभयो । क्वारेन्टाइनमा बस्नेहरुलाई दिइने खाना, खाजा तथा अन्य सुविधाको खर्च बढि देखाउने दाउँमा क्वारेन्टाइन बसेका भन्दा धेरै संख्या देखाइएको स्थानीय समाजसेवीहरुको भनाई छ ।

विपत्तीको बेला सबै मिलेर समाधान गर्नुपर्नेमा नगरपालिका जनप्रतिनिधी राहतको नाममा कमाउधन्दामा लागेको भन्दै चिन्ता व्यक्त गरिएको छ । नगरपालिकाले भने सरकारको कार्यविधि अघि बाडेको राहत व्यवस्थित नभएको स्वीकारेको छ । कार्यविधि आएपछि त्यहि अनुसार वितरण गर्न दररेट मागिएको लेखा प्रमुख दिलिप कुमार सिंहले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP