Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कामना सेवा विकास बैंकद्वारा गुगौलीका आगलागी पिडित राहत वितरण


राम प्रघट कोरी
चैत्र २३ –विजयनगर

कपिलवस्तुको कामना सेवा विकास बैंक चन्द्रौटा शाखा लिमिटेडले राहत स्वरुप सिरक, डस्ना, सिरानी, ओछ्याउने, च्यादर लगायतका दैनिक प्रयोगमा आउने सामग्रीहरु प्रदान गरेको छ ।

जिल्लाको विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगलागीबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ ।
यही चैत २१ गते भिषण आगलागीबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकुडासहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए ।

बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेको कामना सेवा विकास बैंक चन्द्रौटा लिमिटेडका शाखाका प्रमुख यज्ञमुर्ति लुईटेल(अनिष)ले जानकारी दिनुभयो ।

यस्तै बैंकले नोबेल कोरोनाभाइरस (कोभिड–१९)को जोखिमसँगै सरकारले गरेको लकडाउनका कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटबलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई सहयोग गरेको भुषाले बताउनुभयो ।

यसै गरी लकडाउनको कारण दैनिक ज्यालामजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविको पार्जनको लागि निकै गाह्रो भएकोले उनिहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP