Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कपिलवस्तुकाे आइसोलेशन वार्डमा एक जनाकाे मृत्यू

कपिलवस्तु २४ चैत्र

कोरोना आशंकामा राखिएकाे कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा एक व्यक्तिको मृत्यू भएको छ ।

कपिलवस्तुकोे विजयनगर गाउँपालिका वडा नं. २ जलैया बस्ने वर्ष ३० का गोवर्धन भरको मृत्यू भएको प्रमुख जिल्ला अधिकारी दृघनरायण पौडेलले जानकारी दिनु भएको छ ।

प्रजिअ पौडेलका अनुसार भर्ना भएको भरको श्वाब रिर्पोट अहिले आएको छैन । उनी पहिलै देखि टिबीको बिरामी रहेका छन । उनको फोक्सो बिग्रेकोले मुटुलाई धक्का दिएको करणले मृत्यू भएको बताएका छन । उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा छाती दुख्नेलगायतका लक्षणहरु देखा परेको भन्दै उनलाई कपिलवस्तु अस्पतालको आईसोलेशन कक्षमा राखेर उपचार सुरु गरिएकाे थियो । निमोनियाको करणले फोक्सोमा पानी जमेको पनि प्रजिअ पौडेलले जानकारी दिनु भएको छ । 

बिरामीलाई शुक्रवार चन्द्रौटाको एक स्थानिय अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल ल्याईएको थियो । बिरामीको स्वाब परिक्षणका लागि आईतावार बुटवल पठाईएको थियो । कोरोनाको आशंकामा आईसोलेशनमा राखेर उपचार गर्न लागिएको उनि अस्पतालमा पहिलो बिरामी रहेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP