Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

महाराजगंजको स्थलगत अनुगमनमा प्रजिअ र संचारकर्मी : राहतको चामल कुहिएकै ,क्वारेन्टाइन रित्तै,मेयरकै भाई खान नमिल्ने चामलका आपूर्ति कर्ता

कपिलवस्तु , २५ चैत।

कोरोना संक्रमण नियन्त्रण गर्न र सरकारले जारी गरेको कार्यविधि बमोजिम विपन्नलाई राहत बाड्ने कार्यमा महाराजगंज नगरपालिकाले अनियमितता गरेको पुष्टि भएको छ । मंगलबार विहान प्रमुख जिल्ला अधिकारी सहितको टोलीले वितरण गरेको चामल अनुगमन गर्ने क्रममा कुहिएको (मक्किएको) चामल खरिद गरेको भेटिएको हो । वितरण पनि अनियमित रुपमा आफुखुशी गरेको, खरिद प्रक्रिया मिचेको पाइएको छ ।

स्थानीयबासीहरुले वडा तथा नगरपालिकाले कुहिएको चामल दिएको भन्दै खान नमिल्ने बताए । स्थानीय मुन्ना कहाँरले बाडेको चामल पकाएर खान नसकिने बताउनुभयो । “गन्हाउछ,खानै मिल्दैन, बरु राहत नै नदिएको भए हुने थियो” उहाले भन्नुभयो । यसै गरि अर्का स्थानीय मंगल यादव पनि वडाले बाडेको चामल खान योग्य नभएको गुनासो गर्नुभयो । “यो कसरी खाने, विग्रेको छ, झन विरामी परिन्छ भनेर खाइएन, छेमकी संग सापट लिएर खाइरहेको छु, अर्को चामल दिनुपर्यो” उहाले अनुगमन टोली समक्षा भन्नुभयो ।

    सरकारले १९ गते राहत कार्यविधि जारी गरेपनि नगरपालिकाले वेवास्ता गर्दै धमाधम आफुखुशी खाद्यान्न किनेको थियो । प्रमुख प्रशासकिय अधिकृत वेद प्रकाश खरेलले नगर प्रमुख अब्दुल कलामका भाई शाहिद खाँनको चन्द्रौटा स्थित खाद्य उद्योगबाट चामल खरिद गरेका थिए । उक्त चामल वडा नं. ७ कुशहवामा २० गते वितरण गरिएको थियो । वितरणका क्रममा भेदभाव गरेको र राहत गुणस्तरहीन भएको भन्दै स्थानीले विरोध गरेपछि वितरण रोकिएको थियो ।  अधिकृत खरेलले राहत सामाग्री चर्को मुल्यमा खरिद गरिसकेपछि फस्ने डरले २१ गते मात्र दरभाउपत्र माग गरेका थिए । राहत कोषको खाता खुलेपछि मात्र त्यसबाट रकम झिक्ने र राहत वितरण गर्नुपर्नेमा २२ गते मात्र खाता खोलिएको थियो । राहत सामाग्रीहरु भने १९ गते नै खरिद गरिएको थियो । 
महाराजगंजमा कार्यरत प्रशासकिय अधिकृत खरेल आर्थिक पारदर्शिता नभएका अधिकारी हुन् । उनी २ महिना अघि सरुवा भएपनि पत्र नपाएको भन्दै महाराजगंज बाट अन्यत्र जान मानेका छैनन् । त्यहा २ महिना अघि मन्त्रालयले बैकुण्ठ सापकोटालाई सरुवा गरेको थियो तर सापकोटालाई नगरप्रमुख अब्दुल कलाम र प्रशासकिय प्रमुख वेदप्रकाश मिलेर हाजिर समेत गर्न नदिएपछि उनी मन्त्रालयमै छन् । आफु ३ पटक आउदा समेत हाजिर गर्न नदिएपछि मन्त्रालयमै बसेको छु , सापकोटाले भन्नुभयो । 

    नगरपालिकाले राहतमा मात्रै होइन कोरोना संक्रमण रोकथाममा समेत चरम लापरवाही गरेको छ । कागजमा क्वारेन्टाइन देखाइएपनि कोहि पनि सम्भावित व्यक्तिहरु राखिएका छैनन् । कुशहवामा कुनै पनि व्यक्ति क्वारेन्टाइन बसेको छैनन् । भारतका विभिन्न स्थानबाट आएकाहरु जनप्रतिनिधीको जिम्मामा घर पठाइएको छ । कुशहवाका स्थानीय सन्तोष केवटले १ साता अघि भारतबाट आएका थुप्रै व्यक्ति गाउँका चोक चौराहामा गफिदै बस्ने तर क्वारेन्टाइन पठाउन जनप्रतिनिधीले वास्ता नगर्ने बताउनुहुन्छ ।

    यसै गरि शिवभारी स्थित क्वारेन्टाइनमा पनि कोहि छैनन् । स्थानीयबासीका अनुसार क्वारेन्टाइन स्थापना गरेको दिन २–४ घण्टा केहि व्यक्ति आएको तर विवाद भएपछि घरै बसेका छन् । ३ दिन अघि मात्र ६ जना व्यक्ति भारतबाट आएको र उनीहरु पनि घरै बसेको छन् । क्वारेन्टाइन रित्तो छ । अर्को तर्फ नगरपालिकाले राहतको लागि फारम भर्ने भन्दै भीड जुटाइरहेका छन् । महाराजगंज नगरपालिका वडा नं. ९ सिसवामा वडा कार्यालयमा गाउँभरीका व्यक्ति जुटाएर तथ्यांक लिने कार्य चलिरहेको छ । घर घरमा गई सुरक्षित र व्यवस्थित तरिकाले तथ्यांक संकलन गर्न छाडेर भीड जुटाउदा थप संक्रमण फैलिना सक्ने स्वास्थ्यकर्मीको भनाई छ ।


        

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले राहत वितरणमा पारदर्शिता अपनाउन निर्देशन दिनुभएको छ । जसको लागि वडा अध्यक्षको संयोजकत्वमा सर्वदलिय संयत्र निर्माण गर्ने र उक्त संयत्रले कार्यविधि अनुसार मापदण्ड पुगेकाहरुलाई राहत दिने, राहत सामाग्री खरिद गर्ने र अभिलेखिकरण गर्ने जस्ता कार्य गर्नुपर्ने बताउनुभयो । छलफलमा पूर्वमन्त्री इश्वरदयाल मिश्राले विपदको बेला जनताको सेवा र सुरक्षा दुबै आवश्यक पर्नेहुदा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । नेकपाका महाराजगंजका अध्यक्ष विजयप्रकाश जैसवालले स्थानीय सरकारले राहत वितरण र कोरोना संक्रमण सुरक्षाका लागि गरिने हरेक क्रियाकलाप पारर्दर्शी हुनुपर्ने बताउनुभयो । यसका लागि नेकपाले सबै क्षेत्रबाट सहयोग गर्न तयार रहेको समेत जानकारी दिनुभयो । नगर प्रमुख अब्दुल कलामले विगतका कमजोरी सच्याउदै सबैको सहकार्यमा राहत वितरण कार्यलाई निरन्तरता दिइने बताउनुभयो । चामल खानयोग्य भए नभएको हेरी फिर्ता गरिने उहाले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP