Trending
flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण

पहिलो चरणमा राहत नपाएका परिवारले कहिले पाउछन् ? कृष्णनगरका गरीब परिवार

शहबाज खान 

 कपिलवस्तु / लकडाउनको चपेटमा परिएका दैनिक ज्यालादारी गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई कृष्णनगर नगरपालिकाले पहिलो चरणमा लगभग तीन हजार दुइ सय घरपरिवारमा राहत सामग्री वितरण गरेको  थियो । पहिलो चरणको राहत वितरण गर्ने क्रममा छूटेका अतिविपन्न घरपरिवारले अहिलेसम्म राहत समाग्री पाएका छैनन् । लगातार लकडाउनको कारणले हिलडुल गरी श्रम गरेर पैसा पनि कमाउन नसकेका परिवारहरुमा भोक भोकै बस्न पर्नेे अवस्था समेत आइसकेको छ ।       पहिला चरणमा राहत वितरण गर्नाको लागि प्रत्येक वडा कार्यसमितिले आफ्नो आफ्नो वडामा राहत समाग्री पाउने योग्य रहेका व्यक्तिहरुको लगत संकल गरी त्यसैको आधारमा नगरपालिकासँग राहत समाग्री माग गरेका थिए। वडासमितिले तैयार पारेको लगत संकलन अनुसार नगरपालिकाले वडाहरुमा राहत समाग्री उपलब्ध गराउन सकेन र  एक वडामा दुई सय छैसट्ठी  परिवारलाई पुग्ने गरी राहत समाग्री मात्रै वितरण गरियो । त्यसमा पनि बिना कुनै मापदण्डको नभै हचुवाको भरमा बाडदा कतिपय अति बिपन्न घरपरिवार राहत समाग्री पाउन बञ्चित भए भने कतिपय बर्षभरी नै खानपुग्ने सप्पन्न घरपरिवार र प्रतिनिधिको करीबमा रहेकोले पाए । गाउँ टोलबाट अतिबिपन्न घरपरिवार छुटेकोले बिरोध हुन थालेपछि  छुटेका परिवारलाई दुई चार दिन भित्रै राहत उपलब्ध गराउन   नगरपालिकाले यही बितेको बैशाख १२ गते राहत समाग्री खरीद  सम्बन्धि  ३ दिनको लागि  सूचना प्रकाशित गरेको थियो ।   प्रकाशित सूचना अनुसार    राहत पाउने पूर्ण आस गरिएको थियो ।  तर  कृष्णनगर नगरपालिकाले द्रोसो चरणमा राहत वितरणको लागि केही दिन अगाडी तैयारी पनि गरिरहेका थियो तर अहिलेसम्म पहिला चरणमा छूटेका परिवारलाई राहत उपलब्ध किन  भएको छैन ? सबैको मनमा प्रश्न उठन सुरु भएको छ ।

    गरीब परिवारले ५० दिनको लकडाउनको समय अवधिमा एक सुका पनि कमाउन नसक्नेले आफ्नो बालबच्चाको छाक कसरी टारे…? सम्पन्नलाई फरक परेन तर अति बिपन्नले पाएको  राहत पनि लामो  बन्दाबन्दीको कारण सकियो । अब के होला ती अति बिपन्न परिवारहरुको ? प्रश्ने प्रश्न छन् 

    जनप्रतिनिधिहरु चुनावको बेलामा ठूल ठूला आश्वासहरु दिदै थिए तर कृष्णनगर नगरपालिका का जनप्रतिनिधिहरु अहिले संकटको समयमा पनि गरीब परिवार लाई झूठो खोक्रा अश्वासन मात्रै दिइ रहेको स्थानिएय जनताहरु ले गुनासो समेत पोखेका छन्। उनीहरुलाई तुरुन्तै राहत उपलब्ध गराउनु पर्ने बिलम्ब भइसकेको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP