Trending
flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण

यशोधरामा पावरको बलमा सार्वजनिक जग्गा कब्जा

कपिलबस्तु

पावरको बलमा यशोधरा गाउंपालिकाका केहि स्थानीयहरु सार्वजनिक तलाऊ कब्जा गर्न लागेका हुन ।
कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको लाकडाउनको मौका छोपी यशोधरा गाउपालिका १ तितिर्खामा रहेको सार्वजनिक तलाऊ केही स्थानीयहरु कब्जा गरिरहेका छन ।

वडाध्यक्ष लगायत गाउँपालिका प्रमुख गिरिजेश पाण्डेयलाई समेत तलाऊ कब्जाको बरेमा स्थानियहरुले मौखिक जानकारी गराइसकेपनि कोरोनाको न्यूनीकरण तथा रोकथामको ब्यस्ताताले ध्यान दिन नसकिएको बताए ।

पटक पटक सम्बन्धित निकायहरुले दिएको निर्देशन लाई समेत अटेरी गर्दै आएका स्थानिय विजय कुमार मिश्रले आफु परिवार संख्या बढी भएको धाक धम्की गाउंले वालालाई दिदै पोखरीमा माटो पटान शुरु गरेका छन।

जनप्रतिनिधि लकडाउनमा ब्यस्त भएको मौका छोपी मिश्रले तलाऊ कब्जा गर्न शुरु गरको स्थानीयहरु बताउंछन । तलाऊ कब्जाको बिरोध गर्नेलाई कुटपिट गर्ने धम्की दिदै आएका मिश्र आफ्नो घरको अगाडी फोहर फाली रहेको छु, कसैले रोक्न सक्दैन भनेपछि त्यसको विरोधमा केहि गाउंलेहरु तलाऊ कब्जा गर्न सुरू गरिरहेका छन ।

वडा कार्यालय र प्रहरी चौकीको निर्देशन लत्याउदै मनोमानी तरिकाले सार्वजनिक तलाऊ अतिक्रमण गर्ने व्यक्तिलाई गाउपालिकाले कार्यवाही गर्न नसकेको स्थानीय को गुनासो छ। लकडाउनमा पटक पटक जानकारी दिंदापनि कुनै कार्यवाही नभएकाले न्यायिक समितिमा निवेदन हाल्न पुगेका गाउंलेहरु उपाध्यक्ष नभएका कारण रित्तै फर्किए ।

गाउंपालिका देखि वडासम्म जानकारी गराउंदा पनि आवश्यक कार्यवाही नगर्नु गाउंपालिकाको कामकारबाही माथि प्रश्न चिन्ह खडा गर्दछ रु

यसरी गाउपालिकाको सार्वजनिक जग्गामाथि कसैले अवैधरुपमा कब्जा गर्छ भने जनप्रतिनिधि मुकदर्शक बनेर हेर्न मात्र गरे , सर्वसाधारणले न्यायको आश
कससंग गर्ने स्थानिय भुनेश्वर मिश्रको भनाई छ ।

लगभग एक सय घरधुरिभित्र गाउंको किनारमा पर्ने सो तलाऊको पानी सिचाई तथा आगलागि भएमा प्रयोग गरिन्थ्यो । साथै सो तलाऊ वरिपरि रहेका घरहरूको पानीको निकास पनि सोही तलाऊमा रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP