Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

नीतिगत अस्थिरता कम गर्न करका दर हेरफेर : अर्थमन्त्री पुन

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरू हेरफेर गरिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीवार काठमाडौंमा आयोजना गरेको आर्थिक वर्ष २०८१।८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। उनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिने गरी आगामी आर्थिक वर्षको बजेट आएको दावी गरे। उनले सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिबद्धतानुसार नै बजेट ल्याइएको उल्लेख गरे।

उनले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भए पनि सरकारको नीति र बृहत् सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको जानकारी दिए। उनले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै बृहत् छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। उनले निजी क्षेत्रसहितको साझा सोचबाट मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गरे। उनले सरकार निजी क्षेत्रको साझा सोच र संकल्पबाट मात्रै नयाँ चरणको सुधार हुनसक्ने दाबी गरे।

अर्थमन्त्री पुनले भने ,‘मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भइराख्छन् तर बृहत् सोचमा परिवर्तन नआओस्। नयाँ चरणको आर्थिक सुधार गरौं। त्यो पनि साझा सोचबाट गरौं भन्ने बजेटमा उल्लेख छ। सरकारको मात्रै नभएर बृहत् छलफलबाट सोच निर्माण गरौं। निजी क्षेत्रसहितको साझा सोच आउनुपर्छ जसले मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्न सकोस् भन्ने सरकारको प्रतिबद्धता हो।’

पुनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफू सरप्राइज भएको बताए। उनले बजेटमा फरक फरक धारणा आउनु स्वभाविक भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP