Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

गण्डकी प्रदेशका १२ अस्पतालमा सुत्केरीका लागि आवास स्थापना हुने

पर्वत : गण्डकी प्रदेश सरकार अन्तर्गत रहेका अस्पतालहरूमध्ये १२ वटा अस्पतालहरूमा सुत्केरी महिलाकाहरुका लागि आवास स्थापना तथा सञ्चालन गरिने भएको छ।

सर्वोच्च अदालतको आदेशमा सबैभन्दा ठुलो दलबाट मुख्यमन्त्री बनाउन भनिएसँगै बुधवार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि यो निर्णय भएको हो। दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएर प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ ग्रहण गरेपछि आफ्नो कार्यभार सम्हाल्दै मुख्यमन्त्री पाण्डेले यो निर्णय गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति व्यवस्थापन गर्न न्यायिक सहजकर्ताको छनौट तथा व्यवस्थापन र परिचालनका लागि स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८१ तर्जुमा गर्ने निर्णय पनि गरेका छन्।

सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र नियुक्ति गर्न परमादेश दिएसँगै उनलाई बुधवार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मत असंवैधानिक देखिएको भन्दै सर्वोच्चले गत जेठ १४ गते फैसला सुनाउँदै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो। गण्डकी प्रदेश सभामा २७ सांसदसहित सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो। गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिए पनि ३० सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीलाई विश्वास मत पाएको घोषणा सभामुख कृष्ण धितालले सुनाएका थिए। यस विरुद्ध कांग्रेस सर्वोच्च गएको थियो।

शपथ ग्रहणसँगै मुख्यमन्त्री पाण्डेले बिन्दुकुमार थापालाई ऊर्जा जलस्रोत तथा खानेपानी र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री र माननीय डा. टकराज गुरुङलाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP