विराटनगर : कोशी प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ‘श्रमाधान रोजगार मेला’ विराटनगरमा उद्घाटन गरेका हुन्।
दक्ष जनशक्तिका लागि रोजगार प्राप्त गर्न सहज बनाउने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ। दुई दिनसम्म आयोजना हुने मेला जागिर पाउने उपयुक्त थलो बन्न सक्ने श्रमाधान रोजगारी मेला सातै प्रदेशमा आयोजना हुँदै छ।
मेलामा कोशी प्रदेशका ५० भन्दा धेरै उद्योगी व्यवसायीले स्टल राखेका छन्। ती स्टलले रोजगारीका लागि आवेदन आह्वान गरेका छन्। उपयुक्त सीप, दक्षता र योग्यतानुसारको जागिरका त्यहीँ प्रस्ताव गर्न सक्ने प्रबन्ध गरिएको मेला संयोजक गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए।
त्यसैगरी श्रम मन्त्रालयका उपसचिव एवं रोजगार मेला कोसी प्रदेश संयोजक सुशीलप्रसाद आचार्यले रोजगारीको खोजीमा लागेका युवाका लागि मेला धेरै फलदायी हुने उल्लेख गरे।
श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहेको मेलामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सामी कार्यक्रम, रेमी परियोजना, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतका स्टल छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया