Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

कोशीमा अब कांग्रेस अदालतको फैसला नकुर्ने, प्रदेशसभा बैठकमा जाने

विराटनगर : कोशी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले आजबाट प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ।

दलका नेता उद्दव थापाले पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन्। थापाले जारी गरेको विज्ञप्तिमा सरकार गठन प्रक्रिया अवैधानिक भएको भन्ने नेपाली कांगेस कोशी प्रदेश संसदीय प्रस्तुत गर्दै आएको धारणा यथावत रहेको उल्लेख छ।

अदालती प्रक्रियाबाट उक्त मुद्दा टुंग्याउन अनिश्चित समय लाग्ने देखिएको कारण प्रदेशमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम एवं बजेट पनि प्रस्तुत गर्ने समय सीमालाई मध्यनजर गरी दलले बैठकमा सहभागी हुने निर्णय गरेको थापाले जानकारी दिए।

मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा जनताको जनजीविकाको सवालहरु प्रदेश सभामार्फत सम्बोधन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै प्रदेशको विकास निर्माण र सम्वृद्धिका लागि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट जनहितमा छ, छैन भनी खबरदारी गर्नुपर्ने महत्वपूर्ण सवाल र समयलाई समेत आत्मासाथ गर्दै दल प्रस्तुत हुनुपर्ने ठहर गर्दछ’ विज्ञप्तिमा उल्लेख छ, ‘अदालतमा विचारधीन मुद्धामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कानुनी आधारमा पुष्टि गर्ने दृढ सङ्कल्पका साथ संसदीय प्रद्दति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरु मुखरित गर्ने निष्कर्ष निकाल्दै प्रदेश सभा बैठकमा सहभागी हुने निर्णय गर्दछ।’

संसदीय दलको बैठकमा सहभागी भएका काङ्ग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनताको मुद्दालाई विधिसम्मत उठाउनका लागि यस्तो निर्णय गरिएको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP